सामुदायिक मेलमिलापकर्ता समाज नेपाल धनकुटा शाखाको १० औँ साधारण सभा सम्पन्न

धनकुटा,फागुन १६ । विवादको साटो, मेलमिलापको बाटो भन्ने मुल नाराका साथ सामुदायिक मेलमिलापकर्ता समाज नेपाल शाखा धनकुटाको १० औँ साधारण सभा आज सम्पन्न भएको छ ।

सामुदायिक मेलमिलापकर्ता समाज नेपाल शाखा धनकुटाको आयोजना तथा छथर जोरपाटी गाउँपालिकाको आर्थिक सहयोगमा सभा सम्पन्न भएको हो । साधारण सभामा शाखाका सचिव पर्शुराम मल्लले साँगठानिक तथा आर्थिक प्रतिवेदन,शाखाको गतिविधी, भावी योजना एवम् चुनौती प्रस्तुत गर्नु भएको थियो । त्यस्तै गरी शाखाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष महेन्द्र भट्टले प्रस्तुत् गर्नु भएको थियो ।

सामुदायिक मेलमिलापकर्ता समाज नेपाल शाखा धनकुटाका अध्यक्ष नील बहादुर थापाको अध्यक्षतामा सम्पन्न सभामा बोल्दै कार्यक्रमका प्रमुख अथिति न्याय तथा प्रशासन विधायन समितिका सभापति एवम् प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीले शाखाले गरेको कार्य प्रति प्रसंसा गर्दै आगामी दिनमा पनि यस्तै कार्यहरु गर्न आग्रह गर्नु भयो ।

उहाँले जिल्लामा मेलमिलापकर्ताको दायरा बढाउनु पर्ने, सहजकर्ताले मुद्धा मात्र मिलाउने नभएर समाजका हरेका विकास निर्माणका गतिविधीहरुमा अग्रसर भएर लाग्नु पर्ने भन्दैशाखालाई आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रमका विषेश अतिथि छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले मेलमिलापले समाजमा भएको जस्तो सुकै झै –झगडालाई पनि मिलाई सुन्दर समाज निमाण गर्न सहयोग पुग्ने धारणा राख्नु भयो ।

उहाँले ३ सदस्यीय न्यायिक समितिबाट मेलमिलाप गराउनु पर्ने भएकाले केही ढिलाई हुने हुदाँ सेवा ग्राहीहरुलाई अन्य व्यक्तिहरुले गराईरहेको उक्साहट प्रवृतिलाई हटाउनु पर्ने बताउनु भयो । २०६६ सालमा धनकुटामा स्थापित यो संस्थाले स्थापना कालदेखि नै स्थानिय स्तरका विवाद स्थानीय स्तरबाट नै समाधान गरी दिगो शान्ति स्थापना गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।