गाउँपालिकालाई पूर्ण विद्युत चुहावट मुक्त गाँउपालिका घोषणा
धनकुटा,फागुन १६ । गाउँपालिकालाई पूर्ण विद्युत चुहावट मुक्त गाँउपालिका घोषणा गर्ने निर्णय गर्दै शहिदभुमी गाँउपालिका धनकुटाको सातौ गाँउ सभा सम्पन्न भएको छ ।

गाँउपालिकाका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न गाँउ सभाबाट दुई वटा ऐन पारित गर्दै गाँउपालिकालाई पूर्ण विद्युत चुहावट मुक्त गाँउपालिका घोषणा गर्ने निर्णय गरेको हो । विद्युत चुहावट मुक्त गाँउपालिका घोषणाका लागि नेपाल विद्युत प्रधिकरण संग सहकार्य तथा समन्वय गर्ने निर्णय गरिएको गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत राज कुमार शाक्यले जानकारी दिनुभयो ।
त्यस्तैगरी गाँउ सभा बाट जल स्रोत ऐन र संस्था दर्ता सम्बन्धि ऐन पारित गरेकाछन् भने यस वर्षको बजेट पनि अनुमोदन गरिएको छ । गाउँपालिकाबाट सञ्चालित कार्यक्रम तथा योजनाहरु पौष मसान्त सम्म सक्नु पर्नेमा यस पटक नसकिएकोले यसलाई संसोधन गर्दै एक पटकलाई फागुन मसान्त सम्म म्याद थप गरिएको पनि प्रमुख प्रशाससकिय अधिकृत शाक्यले बताउनु भयो ।
चालू आर्थिक वर्ष २०७७र०७८ को साउन महिना देखि पौष मसान्त सम्मको अर्धवार्षिक समिक्षा कार्यक्रम पनि सम्पन्न भएको छ । समिक्षा कार्यक्रममा गाँउपालिकाको सम्पूर्ण वडाका वडाकार्यलयका सचिवहरु र गाँउपालिकाको सम्पूर्ण शाखा प्रमुखहरुले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गाँउपालिका उपाध्यक्ष रत्नश्वरी राई , वडा अध्यक्षहरु ,कार्यपालिका सदस्य तथा वडा सदस्य लगायत कर्मचारीहरुको उपस्थिती थियो ।


