साढे ७ किमि सडक सोलिङ

नारायण कुमार राई/धनकुटा १७,फागुन । छथर जोरपाटी गाउँपालिका वडा नं.५ मा चालु आर्थिक बर्षमा ३ वटा बाटोहरु सोलिङ भएका छन् ।
करिव ७ किमि गरिएको सडक सोलिङबाट १ हजार भन्दा बढी वडाबासीहरु लाभाम्बित भएका छन् ।

वडाले ४०० भन्दा बढी घरधुरी लाभाम्बित हुनेगरी वडा नं. २ बाट वडा ५ सम्म आउने फुर्तुङ डाँडा फ्याटघर देवीटोल खण्डमा सोलिङको काम सम्पन्न गरेको छ । नगरको १० लाख लागतमा सम्पन्न भएको उक्त ३ किलोमिटर सडक उपभोक्ता समितिद्वारा काम सम्पन्न गरिएको हो ।

त्यस्तै चुलाचुली ताम्लिङ्ग तेलिया खोला सडक खण्डको ६ सय मिटर उपभोक्ता समितिबाट सोलिङ भएको छ । १५० घर भन्दा बढी लाभाम्बित हुने यस सडक पनि पालिकाको १५ लाख लागतमा सम्पन्न भएको हो ।

त्यस्तै सिंधुवा पिपल डाँडा गुवा बेंसी ३२०० मिटर सडकको काम भईरहेको छ ।

गाउंपालिकाको ७७ लाख लागत मध्ये ४५ लाख बरावरको १८०० मिटर बाटो टेन्डरबाट र १४०० मिटर बाटो उपभोक्ताबाट ३२ लाखको लागतमा काम भईरहेको छ ।

यो सडकबाट ५०० भन्दा बढी स्थानियबासीहरु लाभाम्बित हुने वडाले जानकारी दिएको छ । बाटो सोलिङ भएपछि अब १२ महिना बर्षात्को समयमा पनि यातायात सन्चालन हुने वडा अध्यक्ष सुरेन्द्र कुमार लिम्बुले जानकारी दिनुभयो ।

यस सडकहरुले वडा नं. ५ का नागरिकहरुलाई गाउँपालिका,जोरपाटी बजार,सिंधुवा बजार र जिल्ला जान सहयोग गर्नेछ । यी सडकहरुले स्थानिय स्तरमा उत्पादन भएका सव्जी तथा कृषि उपजहरु स्थानिय बजारहरुमा लैजान सहयोग पुग्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।