नेकपा प्रचण्ड-नेपाल समूह धनकुटाले गर्यो मुल पार्टीमा फर्कन आग्रह

ईश्वर थापा, धनकुटा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूह धनकुटाले कम्युनिष्ट विचार राख्ने सबै नेता कार्यकर्तालाई मुल पार्टीमा फर्कन आग्रह गरेको छ।

गत फागुन १४ गते बसेको जिल्ला कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न अध्यक्ष दुर्गा लिंखा र सचिब ऋषिराम ढुंगानाले एक विज्ञप्ती जारी गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष भएको पार्टी नै आधिकारीक र मुल पार्टी भएको बताउँदै सबै नेता कार्यकर्तालाई मुल पार्टीमा फर्कन आग्रह गरेका हुन।

विज्ञप्तीमा भनिएको छ ‘वर्तमान विशिष्ट राजनैतिक संकटग्रस्त परिस्थितिमा विभिन्न त्रास, आश्वासन, अन्यौल, भ्रम वाध्यता वा अन्य कुनै कारणले पार्टीको मुल प्रवाहमा आवद्ध हुनबाट वञ्चित हुँदै तटस्थ र अन्यौलमा पर्नु भएका एवं विखण्डनकारी गुटमा रहन बाध्य हुनुभएका इमान्दार कार्यकर्ता, पार्टी सदस्यहरु तथा पार्टी पक्षधर जनप्रतिनिधीहरुलाई सबैखाले अन्यौलता चिर्दै पार्टीको मुल पूवाह मै समाहित हुन हार्दिक अपिल तथा आग्रह गर्दछौ।’

नेकपा प्रचण्ड नेपाल समूहको जिल्ला कमिटी बैठकले धनकुटाका सातबटै पालिका कमिटीमा अध्यक्ष सचिबहरुको जिम्बेवारी र सपथ ग्रहण सम्पन्न गरिसकेकाले नेकपाको पुनर्गठन र पार्टी एकताका बाँकी रहेका सबै कामहरु १५ दिनभित्र सम्पन्न गर्दै वैचारिक, राजनैतिक र संगठनात्मक आगामी अभियानात्मक कार्ययोजनाहरु समेत पारित गरेको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖