पाख्रीबास नगरपालिकाको १० वटै वडामा ‘गरिखाने अभियान’ कार्यक्रम सुरु
धनकुटा,फागुन १७ । धनकुटाको पाख्रीवास नगरपालिकाको १० वटै वडामा नेपाली कांग्रेस धनकुटाले गरि खाने कार्यक्रम आज देखी सञ्चालन गरेको छ ।

नेपाली कांग्रेस पाख्रीवास नगर कार्य समितिले धनकुटाको पाख्रिवास नगरमा आज गरि खाने कार्यक्रमको प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम सञ्चालन गरी पाख्रीवास नगरभरी कार्यक्रमको शुभारम्भ गरेको हो । कार्यक्रममा १ नं प्रदेश सभा सांसद लिला सुब्बाले गरिखाने कार्यक्रम राजनीति गर्नेका लागि फलदायी हुने वताउँदै राजनीतिलाई सम्मानित बनाउनु पर्नेमा जोड दिनु भयो ।
पाख्रीवास नगरपालिकाका १० वटा वडाका सभापति सहित १ सय ५३ जन सहभागीलाई नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समितिका १ नं प्रदेशका सदस्य तथा धनकुटाका कोषाध्य दिनेश राई र नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमलाले गरिने खाने कार्यक्रम के हो ? र यो कार्यक्रम सँग कसरी जोडिने भन्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
पार्टीका पाख्रीवास नगर कार्य समितिका कार्यवहाक सभापति प्रेम भण्डारीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरु ज्ञानु गुरुङ्ग,गोरख वहादुर पिठाकोठे,जयन्द्र घिसिङ्ग, क्षेत्रिय सचिव हरी वहादुर राई, सदस्य ज्योती गुरुङ्ग,महिला संघका सदस्य गंगा गुरुङ्ग,नगर कार्य समितिका सचिव चन्द्र वस्नेत,तरुण दलका क्षेत्रिय सदस्य सन्तोष मानन्धर,पाख्रिवास सभापति रविन राई लगायतले समेत आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा सहभागीहरुले गरिने खाने अभियानले सवै कांग्रेसजनलाई उद्यमी र व्यावसायी बनाउदै स्थायी रुपमा राजनीति गर्ने वातावरण सिर्जना गर्ने भएकोले उपलब्धी मुलुक र फलदायक हुने वताएका छन ।


