स्नातक तह तेस्रो वर्षको वार्षिक परिक्षालाई असर पर्ने भएकाले व्यवस्थित र मर्यादित ढंगबाट सञ्चालन गर्न माग
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट अनेरास्ववियू क्याम्पस कमिटिले धनकुटा बहुमुखी क्याम्पसमा भईरहेको तालाबन्दी जस्ता विरोधका कारण स्नातक तह तेस्रो वर्षको वार्षिक परिक्षालाई असर पर्ने भएकाले व्यवस्थित र मर्यादित ढंगबाट सञ्चालन गर्न विभिन्न माग राख्दै विज्ञप्ति निकालेको छ ।
गत फागुन १० गतेदेखि सञ्चालित स्नातक तह तेस्रो वर्षको परीक्षा सञ्चालनका क्रममा क्याम्पसमा संलग्न परीक्षार्थीको वस्तुगत प्रश्नको उत्तरपुस्तिका क्याम्पसका मानविकी संकायका सहायक क्याम्पस प्रमुखद्वारा फेरबदल गरेको भन्दै यस अघि क्याम्पस प्रमुखको कार्यलय बन्द गरिएको थियोे ।



