कुरुले तेनुपा माबि नयाँ भवनको प्रतिनिधि सभा सदस्य राईले गरे उद्घाटन
धनकुटा । धनकुटाको चौविसे गाउँपालिका कुरुलेमा रहेको कुरुले तेनुपा माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको काम सम्पन्न भएको छ ।
नयाँ भवनको आज प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ । नेपाल सरकार राष्ट्रिय पुर्णनिमाण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई धनकुटाको ६८ लाख ९४ हजार १ सय ६६ रुपैयाँको लागतमा ४ कोठे पर्की भवन निर्माण भएको हो ।
भवनको उत्घाटन गर्नु हुदैँ प्रतिनिधि सभा सदस्य राईले निर्मित भवनले विद्यालय सञ्चालन गर्न राहत पुग्ने बताउनु हुदैँ विद्यालयले गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षामा जोड दिन आग्रह गर्नु भयो । साथै आउँदा दिनहरुमा विद्यालयलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयोे ।
यसै विच राईले सोही विद्यालयको आईटी ल्यावको पनि उत्घाटन गर्नु भएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष भक्तकुमार सुव्वाको अध्यक्षतामा समपन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यबस्थापन समितिका सदस्य राधिका खतिवडा भण्डारीले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक रेमबहादुर थापा मग रले गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य विना राई , चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई , स्थानिय ,शिक्षक , विद्यार्थीहरु लगायतको उपस्थिति थियाे ।


