चौविसे क्षेत्रकै प्रसिद्ध माता खादले शिद्धदेवीको प्रवेशद्धार र प्रतिक्षालयको प्रदेश सभाका सांसद लिला सुब्बाद्वारा समुदघाटन
धनकुटा,फागुन १९ । धनकुटाको चौविसे गाउपालिका मौनावुधुकमा रहेको प्रसिद्ध माता खादले शिद्धदेवीको प्रवेशद्धार (गेट) र प्रतिक्षालयको १ नं प्रदेश सभाका सांसद लिला सुब्बाले समुदघाटन गर्नु भएको छ ।

चौविसे क्षेत्रकै प्रसिद्ध माता खादले शिद्धदेवीको दुई वटा प्रतिक्षालय,र पहिरो नियन्त्रण गर्न ग्याभिङ वालको निर्माण प्रदेश सभाका सांसद लिला सुब्बाको सांसद विकास कोषको ५ लाख रुपैया र जनश्रमदान गरी जम्मा ५ लाखा ५५ हजार रुपैया वरारवरको लागतमा निर्माण सम्पन्न भएको चौविसे गाउपालिका वडा ७ का वडाध्यक्ष दुर्गा सुवेदीले जानकारी दिनुभयो ।
माता खादले शिद्धदेवीको प्रवेशद्धार निर्माण समिति मौनावुधुकका अध्यक्ष सुरेन्द्र चेम्जोगङको अध्यक्षतमा सम्पन्न प्रवेशद्धार तथा प्रतिक्षालयको समुदघाटन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वडाध्यक्ष दुर्गा सुवेदी,समाजसेवीहरु कृष्ण गोविन्द चेम्जोङ, यूवा नेता हर्कमान चेम्जोङ,मौनावुधुक बजार व्यवस्थापन समितिका अध्यक्ष केदार निरौला,समाजसेवी अर्जुन वराल, नेपाल महिला संघका निरुपा राई,जानुका सुन्दास लगायतकोको उपस्थिति थियो ।
स्थानीय बुद्धीजिवि तथा समाजसेवी ललित वहादुर चेम्जोङले कार्यक्रमको संचालन गर्दै माता खादले शिद्धदेवीको महिमाको वारेमा प्रकाश पार्नु भएको थियो । निसन्तान भएकाहरुले माता खादले शिद्धदेवीको र्दशन गरी पूजा तथा आरधना गरी सन्तानको माग गरे सन्तान हुने र मनोकाक्षा पुरा हुने जनविश्वास रहेकोले यहाँ देशका विभिन्न जिल्लाहरुबाट पूजा तथा आरधना गर्न भक्तजनहरु आउने गरेको समाजसेवी कृष्ण गोविन्द्र चेम्जोङले वताउनु भयो ।
कार्यक्रममा उपस्थित सवैले माता खादले शिद्धदेवीको मन्दिरमा पूजा तथा आरधना समेत गरेका थिए ।


