धनकुटामा भएको एक चो’री रहस्यमय बन्दै, चो’रले यसो भन्दै लेख्छ चिट्ठी
धनकुटा । चो’री गरेर लगेको नगद होस या गरगहना फिर्ता गर्ने गरेका घट्नाहरु विरलै हुन्छन् । तर धनकुटा नगरपालिका वडा नं ५ वालमन्दिरको एक घरवाट चो’री गरिएको सामान र नगद भने किस्ता किस्तामा फिर्ता गर्दै गएको पाईएको छ त्यो पनि पत्र सहित ।
धनकुटा नगरपालिका वडा नं ५ वालमन्दिरमा रहेको शिवकुमार राईको घरमा डेरा गरि वस्ने धनकुटा नगरपालिका वडा नं ८ का सरोज राईको कोठामा गएको फागुन १४ गते शुक्रवार चो’री भएको थियो । दिउँसो कोही नभएको मौका पारेर कोठाको तालाचाभी फोडेर राईको कोठावाट चार आनाको सूनको मंगलसुत्र र अन्दाजी दुईवटा खुत्रुक्के फोडेर नगद वीस हजार रुपैया , पर्समा रहेको पैसा र सरोज राईको वहिनी अस्मिका राईको नागरिकता प्रमाणपत्र चो’रले चो’रेर लगेको थियो । अन्दाजी दिँउसो दुईवजेको समयमा चो’रले उक्त घरमा चो’री गरेको पाईएको छ ।
चो’रले कोठा फोडेर चो’री गरेको सामानहरु भने प्रहरीमा उजुरी गरेपछि त्यसको भोलीपल्टवाट किस्ता किस्तामा नगद, सून र नागरिक्ताको प्रमाण पत्रहरु फिर्ता गर्दै गएको पाईएको छ । कोठाधनी सरोज राईका अनुसार चोरले घरमा र कोठामा कोही नभएको मौका छोप्दै चोरीका सामानहरु फिर्ता गर्दै गरेको वताउनुभयो ।
राईका अनुसार चोरेको पर्सीपल्ट आईतवार विहान सुन फिर्ता गरेको र त्यसकै वेलुका अस्मिका राईको नागरिक्ता फिर्ता गरेको वताउनुभयो अस्मिका राईको नागरिक्ता प्रमाणपत्रको फोटो भने का’टिएको अवस्थामा फिर्ता गरिएको छ । राईका अनुसार घरमा कोही नभएको मौका छोपेर सामानहरु फिर्ता गर्दै गएको वताउनुभयो । चो’रीका सामानहरु झ्यालमा राखेर छोडेको अवस्थामा भेटिएका छन् । यसैगरि हिजो सोमवार पनि घरको पेटीमा राखिएको गमलामा पर्स सहित नगद एक हजार रुपैया र ध’म्कीयुक्त चिठ्ठी छोडेर गएको अवस्थामा भेटिएको वताउनुभयो ।
चो’रले पहिलो पत्रमा लेखे अनुसार अंग्रेजीमा आई एम सरी भन्दै अरु नेपाली भाषामा लेखेका छन् पत्रको व्यहोरा यस्तो रहेको छ । आई एम सरी हाम्ले नराम्रो काम गरिम अहिले डर लाग्दैछ माफ दिनु नभए तिम्रो सानो भाई पनि छ नी के वेला के हुन्छ वुझ्नु तिम्रो नागरिक्ता लेईदेको छु पैसा पनि पछि लेउछु पुलिसको डर नदेखाउ हामलाई अव चुप लागेर वस, सक्छस भने हामलाई खोज तिमिहरुको कुरा सव सुनेको छु , वुझिस त म सँग निउ नखोज भन्दै अ’पशव्द प्रयोग गरेको पहिलो पत्रको व्यहोरा रहेको छ ।
यसैगरि सोमवार छोडेको दोश्रो पत्रको व्यहोरा यसप्रकार रहेको छ । तिमीहरुले भनेको मान्छस होईन, हामीलाई खोज्न आईजा, खोज सक्छस भने हामी तिमीहरुले जंगलमा हाम्रो भाईलाई खोज्छस भेटिस तिम्रो सानो भाईलाई । अव के गर्छौ हामलाई पछि पुलिसलाई नवोला भनेको होईन, तिमीहरुको मात्र होईन सव घरको लुटछौ वुझिस , तिमीहरु यो एरियालाई च्यालेञ्ज खोज…. मेरो…..पुलिस……डराउन्न कहि कतै गएको छैन, आईजा अव हेरौ के के हुन्छ तेरो, समाजमा त्यो घरको पनि सव सामान चोर्छौ अस्ती पाईन…..(अपशव्दहरु हटाईएको) चो’रले दुईपल्ट लेखेको पत्रको व्यहोरा यस्तो रहेको छ ।
यसरी घट्ना घटेको पाँचदिन वितेको छ चोरले भने किस्ता किस्तामा चो’रेका सामान पत्र सहित फिर्ता गरिरहेकोले यो घट्ना रहस्यमय वन्दै गएको छ । घट्ना विवरण अनुसार घरधनी शिवकुमार राई श्रीमती सहित वुवाको मृ’त्यू भएका कारण सहिदभूमि ६ माम्फिङ्ग चो’री भएको चारपाँचदिन अघि नै गएको । चो’री भएको कोठाका सरोज राई कार्यालय गएको राईका श्रीमती छोरा लिनलाई धनकुटा सेकेण्डरी वोडिङ्ग स्कूल गएको, चो’री भएको कोठाकै सरोज राईको वहिनी अस्मिका राई धनपा ८ सान्ताङ्ग गएको र घरधनीको जेठा छोरा नुहाउनलाई जलधार कुवा गएको समयमा भएको देखिएको छ ।
कोठाधनी सरोज राईका अनुसार चो’रीको पीडा छ छदैछ त्यस पश्चात पनि पत्र मार्फत पटक पटक ध’म्की दिईरहेको र सानो छोरालाई पनि कुनैपनि वेला के गर्न सक्छौ भन्ने पत्रमार्फत ध’म्की दिएका कारण थप ड’र र त्रा’स भएको पीडा सुनाउनुभयो । मलाई भन्दा अझ धेरै मेरो श्रीमतीलाई पीडा भएको छ । उहाँले भन्नुभयो ।
यता जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरिक्षक गोविन्द अधिकारीका अनुसार चो’रीको घट्ना अनौठो देखिएको छ । यो टाढाको चो’रले चो’रेको देखिदैन किनकी कोही नभएको अवसर छोपेर पत्र र चो’रेका सामान फिर्ता गरिरहेको पाईएको छ । अहिले प्रहरीले विभिन्न कोणवाट मिहिनरुपमा घट्नाको अनुसन्धान भईरहेको वताउनुभयो ।


