महिलाहरुलाई ३ महिने तालिम
नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी गाउँपालिका वडा नं.५ ले आफ्ना वडाका महिलाहरुलाई ३ महिने सिलाई कटाई तालिम दिएको छ ।

वडाले १७ गते सोमबारबाट पालिका उपाध्यक्ष भीकला श्रेष्ठबाट उत्घाटन गराएर तालिमको सुरुवात गरेको छ ।
सिलाई कटाई तालिममा वडाका १४ जना महिलाहरुको सहभागिता रहको वडा अध्यक्ष सुरेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो ।
तालिम गाउँपालिका र गैर सरकारी संस्था नेर्पाको सहयोगमा सम्पन्न हुन लागेको हो । सहभागीहरुलाई स्थानिय प्रशिक्षकले तालिम दिने वडा अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।


