गरि खाने कार्यक्रमको अनुशिक्षण कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको चौविसे मौनावुधुक लगायत विभिन्न स्थानमा नेपाली कांग्रेसको भेला तथा गरि खाने कार्यक्रमको अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भेलाहरुलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले अहिले सवै नेपालको ध्यान संसद तर्फ गएको वताउनु भएको छ । उहाले अव ढिलो चाडो निर्वाचन हुने त्यसबाटै मुलुकको समस्या समाधान हुने समेत वताउनु भयो । त्यसैगरी नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले अव कांग्रेसको विकल्प नरहेको वताउनु भयो ।

प्रदेश सभा सांसद लिला सुब्बाले मुलुकमा महिला हिंसा बढेकोले यसको अन्त्य गर्न सवै लाग्नु पर्नेमा जोड दिनु भयो । पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेलले कांग्रेस जहिले पनि जनताको पक्षमा रहेको वताउनु भयो । पार्टीका चौविसे गाउपालिका ७ ७ नं वडा सभाापति सुरेन्द्र चेम्जोङको अध्यक्षतमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव विजय सन्तोषी राईले नेपाली कांग्रेसले संचालन गरेको गरिने खाने कार्यक्रमको वारेमा प्रशिक्षण दिनु भएको थियो भने स्वागत मन्तव्य महासमिति सदस्य ललित वहादुर चेम्जोङले राख्नुभएको थियो ।

कार्यक्रममा पार्टीका महासमिति सदस्य दुर्गा वहादुर सुवेदी,जिल्ला सदस्य हर्कमान चेम्जोङ,क्षेत्रिय सभापति जितेन्द्र राई,क्षेत्रिय कोषाध्यक्ष निरुपा राई,पूर्व जिल्ला सदस्य पदम वहादुर राई,क्षेत्रिय सदस्य गजेन्द्र खतिवडा, नेता यज्ञ कार्की, नेपाली कांग्रेस बोधेका सभापति मेख वहादुर थापा,नेपाल महिला संघ धनकुटाका जिल्ला सहसचिव जानुका सुन्दास लगायतले आ आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी पार्टीका नेताहरुले नेपाली कांग्रेस चौविसे गाउपालिकाको राजारानीमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु सँग पनि छलफल गरेका छन् । छलफलमा नेपाली कांग्रेस चौविसे गाउपालिकाका सभापति बिजु राई,यूवा नेता मणी चेम्जोङ,चौविसे गाउपालिका वडा नं ६ राजारानीका सभापति नगेन्द्र राई,निर्वाचित वडा सदस्य हर्कमाया राई,तरुण दलका नेता गोविन्द राई लगायतका नेताहरुले पार्टी संगठन विस्तार तथा सुदृढीकरणको वारेमा आ आफ्नो धारणा राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।