प्रति परिवार एक एक थान कम्वल सहित नगद २० हजार सहयोग स्वरुप प्रदान
धनकुटा । गएको वर्षायामको समयमा वर्षातको कारण गाँउपालिकामा पुर्णरुपमा घरबार गुमाएका विपन्न परिवारलाई धनकुटाको सहिदभुमि गाँउपालिकाले प्रति परिवार एक एक थान कम्वल सहित नगद २० हजार सहयोग स्वरुप प्रदान गरेको छ ।

सो गाँउपालिकाको वडा नं ६ का मान बहादुर राना मगर र जमान सिंह राईको परिवारलाई वडा नं ६ का वडा अध्यक्ष हेम कुमार राईले पीडितहरुको घरमै पुगेर नगद रु २०–२० हजार सहित कम्वल प्रदान गर्नुभएको हो ।
वडा अध्यक्ष राईका अनुसार ६ नं वडामा गएको वर्षयामको समयामा बाढी पहिरोको कारण पीडित भएका जम्मा १३ परिवार भएपनि अति विपन्न तथा पूर्ण रुपमा घर क्षति भएका उनिहरु दुइ परिवारलाई राहत स्वरुप कम्वल सहित नगद वितरण गरिएको हो । अहिले जमान सिंहको परिवार अर्काको जग्गामा बाँसको बेरा र त्रिपालको छानो लगाएर गोठ वनाई बसिरहनुभएको छ भने मान बहादुरको परिवार आफ्नै जग्गामा बाँस र त्रिपालको गोठ वनाई बसिरहनुभएको छ ।
गाँउपालिकाले जिल्ला विपद व्यवस्थापन समितिमा बाढी पहिरो पीडितको नामावलि तथा पीडित परिवारका क्षति विवरण यसअघिनै पठाइसकेको भएपनि राहत आउन ढिलो भएपछि फेरी वर्षतको समय शूरु हुन थालेपछि उनिहरुले जस्ताको छानो सम्म भएपनि लगाएर बस्न सहजहोस् भनेर राहत स्वरुप नगद वितरण गरिएको वडा अध्क्ष राईले बताउनु भयो ।
यस अघि जिल्ला रेडक्रस , गाँउपालिका र वडा कार्यलयबाट बाढी पीडित परिवारलाई खाद्यान्न, त्रिपाल , कम्वल लगायतको सामाग्री प्रदान गरिसकेको वडा कार्यलयले जनाएको छ । वडाको अन्य पीडितले भने आफै घर बनाएको र अति विपन्न घर बनाउन नसक्ने दुई परिवारको लागि तत्काललाई राहत स्परुप नगद प्रदान गरिएको हो ।
गाँउपालिका भित्रका बाढी पहिरो पीडित घरपरिवारलाई घर बनाउन , बस्ति स्थानान्तरण तथा व्यवस्थापन गर्नका लागि जिल्ला विपद व्यवस्थापन समिति मार्फत पहल भइरहेको गाँउपालिकाले जनाएको छ ।


