साहित्यकार अमरको छायाँ एल्बम सार्वजनिक

काठमाडौं,ओएसनेपालको आयोजनामा राईजिङ्ग कृयटिभको प्रस्तुतिमा राजधानीमा एक समारोहबीच सुरेन्द्र महर्जन”अमर” को २८ औं कृति छायाँ गीतिएल्बम सार्वजनिक भएको छ ।

एल्बमभित्र मेलिना राई र प्रदिप ग्लानको स्वर रहेको ”म भन्दा नी” मिलन नेवार र दिपक लिम्बुको स्वर रहेको ”फेसबुकमा लेखूँ कि टुइटरमा लेखूँ”, प्रदिप ग्लानको स्वरमा ”आँसु झर्दा पुच्छी दिने”, रिता के. सीको स्वरमा ‘थाहै नपाई”, आर्यन खत्री र संगीता रायमाझीको स्वरमा ”तिम्रो कसम” र लुमा स्याङ्ग्बोको स्वरमा ”रमझम रमझम लाग्छ तिमी साथ हुँदा” रहेको छ।

गीतहरूको संगीतकारहरूमा राम कार्की, पुष्कर सुनुवार, राजकुमार, सबिन लिम्बुको रहेको छ भने गीतहरूको एरेन्जर पुष्कर सुनुवार, राम कार्की, टंक बुढाथोकी, बुद्ध सायमी आदि रहेको छ ।

कार्यक्रममा गायक प्रदिप ग्लानले मिठो म भन्दा नि-३ को गीत गाउएर मनोरञ्जन गराउनुको साथै मन्तव्य व्यक्त गरेको थियो । पत्रकारहरू कविराज बुढाथोकी, तुलसी गिरी, बिकाश आचार्य, यमन पौडेल, पाशङ्ग तामाङ, राजु श्रेष्ठ, संगीतकारहरू सन्तोष श्रेष्ठ, विनोद श्रेष्ठआदिले सुरेन्द्र महर्जन”अमर” को कृति बारे धारणा राख्नु भएको थियोे ।

ओएसनेपालको तर्फबाट विवेक कार्कीले मन्तव्य व्यक्त गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।