धनकुटा वितरण संघमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन

फागुन,२२ धनकुटा । धनकुटा वितरण संघको आज सम्पन्न दोस्रो अधिवेशनबाट पुन: कृष्णराज श्रेष्को अध्यक्षतामा नया कर्य समिति चयन गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आर्थिक समृद्धीको आधार उद्योग,व्यापार र व्यावसाय नै भएको वताउनु भयो ।

संघका अध्यक्ष कृष्णराज श्रेष्ठको अध्यक्षतामा सञ्चालित अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा विक्रम प्रधान,उपाध्यक्षमा सुन्दर आचार्य,महासचिवमा डिजेश शाक्य,सचिमा उज्वल कटेल र कोषाध्यक्षमा बिपिन थापालाई चयन गरेको छ । त्यसैगरी कार्यकारी सदस्यहरुमा रमेश तिम्सिना,देवेन्द्र प्रधान, गणेश पौडेल,कमल खतिवडा, उत्सव केटल रहेका छन् ।

अधिवेशन उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष निरेन तामाङ्ग, धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे,पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,धनकुटा लेडिज जेसिजका संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ लगायतले शूभकामना मन्तव्य राख्दै निजिक्षेत्रले विकास र समृद्धिका लागि महत्वपूर्ण योगदान पु¥यादै आएको वताएका थिए ।

स्वागत मन्तव्य संघका उपाध्यक्ष सुन्दर आर्चायले राख्नुभएको थियो भने आर्थिक प्रतिवेदन तत्कालिन कोषाध्यक्ष विक्रम प्रधान र प्रगती प्रतिवेदन तत्कालिन सचिव डिजेश शाक्यले प्रस्तुत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।