रोजगारीका लागि विदेश जाने तयारी गरिरहेका नागरिकहरुसँग अन्तरक्रिया

धनकुटा । कोरोना महामारीका कारण आफ्नो रोजगारी गुमाई विदेशबाट फर्किएका र रोजगारीका लागि विदेश जाने तयारी गरिरहेका नागरिकाहरु सँग आज हिलेमा अन्तरक्रिया गरिएको छ ।

उनिहरु सँग सूरक्षित वैदेशिक रोजगारका लागि सचेतना तथा वित्तिय साक्षरता सम्वन्धि विषयमा अन्तरक्रिया गरिएको हो । धनकुटा नगरपालिकाको आयोजनाममा सञ्चालित अन्तरक्रियामा आप्रवासी श्रोत केन्द्र धनकुटाले स्थापनाकाल देखी वैदेशिक रोजगारमा जाने वा गएका सँग सम्वन्धित व्यक्तिका लागि अहिले सम्म गरेका काम,भावि योजना,वित्तिय साक्षरता,वैदेशिक रोजगारका लागि सूरक्षिता बाटो लगायतको वारेमा जानकारी गराईएको छ ।

स्थापना कालदेखी अहिले सम्म आप्रवासी श्रोत केन्द्र धनकुटामा वैदेशिक रोजगारीका गएकाहरुको जम्मा ३० वटा मुद्धा परेको मध्ये १५ वटा सफल भईसकेको केन्द्रका सूचना अधिकारी मञ्जु राईले जानकारी दिनुभयो ।

जसअनुसार मृ त्यू केस ९ वटा परेको मध्ये ७ वटा सफल भईसकेको र अन्य ३ वटाको प्रक्रिया जारी रहेको, ठगी केस ७ वटा परेको मध्ये ३ वटा सफल भएको र अन्यको प्रक्रियामा रहेको उहाँले वताउनुभयो । धनकुटा नगरपालिका १ नं वडाध्यक्ष निरेन तामाङको अध्यक्षतामा भएको अन्तरक्रियाको सहजीकरण केन्द्रका सूचना अधिकारी राई सहित धनकुटा नगरपालिकाका लेखा अधिकृत नर वहादुर भुजेल कविता राई लगायतले गरेका थिए ।

अन्तरक्रियाको सञ्चालन वडा सचिव तेज वहादुर थापाले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।