उद्यमशिलता विकास तालिम आजबाट सुरु
धनकुटा । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित उद्यमशिलता विकास तालिम आजबाट धनकुटा नगरपालिका वडा नम्बर २ भिरगाउमा सुरु भएको छ ।
धनकुटा नगरपालिका, नगर कार्यपालिकाको आयोजनामा सञ्चालित ८ दिने उद्दमशिलता विकास तालिम २ नम्बर वडाका वडा अध्यक्ष चन्द्र लाल तामाङ को अध्यक्षता तालिम सुरु भएको हो ।
सञ्चालित उद्यमशिलता विकास तालिमको उद्देश्य माथि लघु उद्यम विकास सहजकर्ता शेबिका बुढाथोकीले प्रकाश पार्नु भएको थियो ।
२ नम्बर वडाका सम्भावित लघु उद्यमीहरुको सहभागीतामा सुरु भएको ८ दिने उद्यमशिलता विकास तालिममा धनकुटा बहुमुखी क्याम्पस धनकुटाका प्राध्यापक रामप्रसाद राई लगायतलेकार्यक्रम को बारेमा आफ्नो भनाई राखेका थिए भने कार्यक्रमको सञ्चालन लघु उद्यम विकास सहजकर्ता ज्ञानेन्द्र थापाले गर्नु भएको थियो ।
यस अधि धनकुटा नगरपालिका वडा नम्बर १ र ७ मा पनि तालिम सम्पन्न भै सकेको आयोजकले जनाएको छ ।


