१११ औ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा विभिन्न कार्यक्रम सञ्चालन हुने
धनकुटा । १११ औ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा धनकुटाको महालक्ष्मी नगरपालिकामा विभिन्न कार्यक्रम सञ्चालन हुने भएको छ ।
जसअनुसार भोली अन्तर माध्यमिक विद्यालय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । त्यस्तै पर्सी वडा स्तरीय महिला हाजिरी जवाफ लगायतका कार्यक्रम सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा सबै विद्याका प्रथम ,द्धितिय र तृतिय हुनेलाई सिल्ड ,प्रमाण पत्र साथै आकर्षक पुरस्कार प्रदान गरीने महालक्ष्मी नगरपालिकाका उपप्रमुख मन्जु कार्की अधिकारीले जानकारी दिनु भएको छ ।


