विद्युतको महसुल बुझाउन नसक्ने अति विपन्नलाई सोलार सिस्टम तथा रकेट चुलो र वायो ग्यास वितरण

धनकुटा । सहिदभुमि गाँउपालिका धनकुटाले विद्युतको महसुल बुझाउन नसक्ने अति विपन्नलाई सोलार सिस्टम तथा रकेट चुलो र वायो ग्यास वितरण कार्यक्रम शूरु गरेको छ । सोलार सिस्टम वितरणको पहिलो चरणको कार्यक्रम वडा नं ३ बाट सुरुवात गरेको हो ।

गाँउपालिकाको वडा नं ३ का ७ परिवारलाई २० वाट क्षमताको पाँचवटा बक्ति बाल्न मिल्ने सोलार सिस्टम वितरण गर्दै गाँउपालिका अध्यक्ष मनोज राईले कार्यक्रमको सुरुवात गर्नु भएको हो । सोलार सिस्टम वितरण कार्यक्रमको सुरुवात गर्दै गाँउपालिका अध्यक्ष राईले भखरै सम्पन्न सातौ गाँउसभाबाट विद्युट चुहावट मुक्त तथा उज्यालो गाँउपालिका घोषणा गर्ने अभियानको पक्रिया सुरुभएको जानकारी दिनु भयो ।

उहाले पूर्ण विद्युत चुहावट मुक्त गाँउपालिका घोषणा गर्न नेपाल विद्युत प्रधिकरण संग पनि छलफल तथा सहकार्य समन्वयको कार्य अगाडि बढि सकेको जानकारी दिनु हुदै उज्यालो गाँउपालिका घोषणा गर्नका लागि जहाँ एकान्त विकट ठाँउमा बसोबास गर्ने र विद्युतको महसुल बुझाउन नसक्ने अतिविपन्न परिवारलाई गाँउपालिकाको अध्यक्ष संग विपन्न कार्यक्रम अन्तरगत सोलास सिस्टमको व्यवस्था गरेको बताउनु भयो ।

वडा नं ३ का दल बहादुर राई, लुन्मिा राई,जोक बहादुर राई ,प्रधान राई,केबल राई र राजकुमार राईको परिवारले सोलार तथा रकेट चुलो पाएको छ । सोलार संगै गाँउपालिकाले जलवायूपरिवर्तन न्यूनिकारणका लागि धुवारहित रकेट चुलो र वायो ग्यास पनि वितरण गरिरहेको गााउपालिकाले जनाएको छ ।

वितरण गरिएको सोलार तथा रकेट चुले गाँउपालिकालाई प्राप्त सर्सत अनुदान ७ लाख र सोहि कार्यक्रमका लागि थप गरेको २ लाख वजेट मार्फत सोलार प्यानल खरिद, जडान सहित सुधारिएको रकेट चुलो रवयो ग्याँस समेत वितरण गरिएको गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिनु भयो ।

गाँउपालिकाले सातवटै वडामा पहिले चरणमा ४९ परिवार र दोस्रो चरण गरी जम्मा ७५ परिवारलाई सोलार प्यानल , सुधारीएको रकेट चुलो र वायो ग्यास वितरण गरिने गाँउपालिकाले जानाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।