नारी दिवसको अवसरमा अन्तक्रिया कार्यक्रम

धनकुटा । सहिदभुमि गााउपालिका धनकुटाले १११ औ नारी दिवसको अवसरमा हिजो अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

गााउपालिकाको उपाध्यक्ष रत्नश्वरी राईको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि गाउपालिका अध्यक्ष मनोज राई रहनु भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष  राइले गाँउपालिका बाट महिलाको आर्थिक स्तर उकास्न तथा महिलालाई सचेत तथा जागरुक उद्यमशिल बनाउनका लागि गााउपालिकाबाट प्रदान गरिन्ने विभिन्न कार्यक्रम तथा योजनाको विषयमा जानकारी गराउनु भएको थियो ।

त्यस्तै गरी उहाले हिं’सामा परेका वा विभिन्न कारण तथा समस्या पिडा भोगिरहेका एवम अन्याय शोषणमा परेका महिलाले न्यायिक समिति मार्फत पाईने सेवा सुबिधा , कानुन तथा निती नियमको विषयमा पनि सहजिकरण गर्नु भएको थियो ।

 

गाँउपालिकाले प्रदान गरिन्ने महिला लक्षित कार्यक्रमहरु सुत्केरी पोषण कार्यक्रम , जिविको पार्जन कार्यक्रम बाट पाईन्ने सेवा सुबिधाको पनि जानकारी दिनु भएको थियो ।

त्यस्तै गरी गाँउपालिकाले महिलाहरुका लागि जिविको पार्जन कार्यक्रम मार्फत उद्यम शिल्ता तर्फ सिलाईकटाई, दुनोट बनाउने , सुइटर बुन्ने तालिन सञ्चालन गरिरहेको छ ।

कृषि तर्फ महिलाहरुका लागि टमटर खेति गर्नका लागि टमटरको विउ वितरण , नर्सरी राख्ने तालिम , तरकारीमा प्रयोग गरिन्ने विषादि तथा रसायनिक मलको प्रयागे समबन्धि प्रशिक्षण लगायतकाका कार्यक्रम सञ्चालन गरिरहेको कार्यक्रममा सहभागि महिला दिदिबहिनीहरुलाई जानकारी गराएको थियो ।

कार्यक्रममा कर्मचारी तथा महिला सदस्य तथा विभिन्न समुह संस्थाका महिला दिदिबहिनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रको सञ्चालन महिला विकासका संयोजक प्रकृति राईले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।