ढोलमुखा प्रवेश द्धार बन्ने
धनकुटा । सहिदभुमि गााउपालिका वडा नं २ स्थित ढोलमुखामा ढोलमुखा प्रवेश द्धार बन्ने भएको छ । ढोलमुखा प्रवेश द्धार खाल्साथुम यूवा क्लबको अगुवाई तथा जनप्रतिनिधिको आर्थिक सहयोगमा निमार्ण गर्न लागिएको हो ।
प्रवेश द्धार निमार्णका लागि वडा नं २ का वडा सदस्य सोम बहादुर मगरको १ लाख र वडा महिला सदस्य सुनसरी राईको १ लाख गरी जम्मा २ लाख आर्थिक सहयोगमा ढोलमुखा प्रवेश द्धार निमार्ण गर्न लागिएको खाल्साथुम छिन्ताङ यूवा क्लबका अध्यक्ष बसन्त राईले जानकारी दिनुभयो ।
यसै बिच ढोलमुखा प्रवेश द्धार निमार्णका लागि मोहोन राईको अध्यक्षतामा ११ सदस्य ढोलमुखा प्रवेश द्धार निमार्ण समिति गठन गरिएको छ ।
निमार्ण समितिको उपाध्यक्षमा जनक प्रशाद राई, सचिव प्रकाश राई ,कोषाअध्यक्ष निमाकला राई ,सदस्यहरु कोख बहादुर राई,सुनिता राई,नमन ध्वज राई,अनिस कुमार राई,सनिता राई,जानुका राई र बिनिता राई रहेकाछन् ।
ढोलमुखा प्रवेश द्धार संरक्षकको रुपमा खाल्सा थुम यूवा क्लब रहने क्लबले जानाएको छ ।


