श्रीमान टंक माविमा आईसिटी ल्याव सञ्चालनमा

शर्मिला राई,धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउँ स्थितको श्रीमान टंक माद्यमिक विद्यालयमा आईसिटी ल्याव सञ्चालनमा ल्याईएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरको सहयोगमा २० वटा कम्प्यूटर जडान गरि आईसिटी ल्याव सञ्चालनमा ल्याईएको विद्यालयका प्रधानाध्यापक नरवहादुर विश्कर्माले जानकारी दिनुभयो ।

विद्यालयको २ लाख ५० हजार र सामाजिक विकास मन्त्रालयको ६ लाख ५० हजार लागतमा ल्याव सञ्चालनमा ल्याईएको विद्यालयले जनाएको छ । ल्यावको एक कार्यक्रमको वीच १ नं प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीले समुद्घाटन गर्नुभएको छ ।

आईसिटी ल्याव उद्घाटन गर्दै उहाँले यसको प्रयोगले विद्यालयको शैक्षिक क्षेत्रमा सुधार ल्याउने वताउनुभयो । यो ल्यावले विद्यार्थीहरुलाई समयअनुकूलको प्रविधिमैत्री शिक्षा हाँसिल गर्न सहज हु्ने समेत उहाँले वताउनुभयो ।

सूचना,सञ्चार तथा प्रविधिमा दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक्ता महशुष भई सो विद्यालयमा आसिटी ल्यावको व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो । त्यस्तै धनकुटा नगरपालिका २ नं वडाध्यक्ष चन्द्रलाल तामाङले वडाको तर्फबाट विद्यालयको शैक्षिक,भौतिक पक्ष थप व्यवस्थापनका लागि सदैव लगी पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमकै अवसरमा मोनि अक्षकोष संस्थापक हर्क वहादुर परियारको तर्फबाट कक्षा ३ र ४ का ४५ जना विद्यार्थीहरुलाई स्कूल व्याग समेत प्रदान गरिएको छ । त्यस्तै शिक्षक बाबुराम लामिछानेद्धारा २०७६ सालमा २५ हजारको अक्षकोष स्थापना गरिएकोमा आज ७५ हजार थप गरि एक लाख पुर्याएको छ ।

कक्षा ६ देखी १० सम्मका विद्यार्थीका अभिभावकहरु सँग शैक्षिक अन्तरक्रिया समेत गरिएको कार्यक्रममा विद्यालयको गतिविधिको वारेमा प्रधानाध्यापक विश्वकर्माले जानकारी गराउनुभएको थियो ।

सञ्चालन शिक्षक सरोज दाहालले गर्नुभएको थियो भने स्वगत मन्तव्य शिक्षक पञ्चमाया तामाङले राख्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।