यसरी मनाउँदैछ छथर जोरपाटीले आफ्नो चौथो स्थापना दिवस
नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी धनकुटाले आफ्नो स्थापनाको चौथो स्थापना दिवश बिभिन्न कार्यक्रमहरु गरेर भब्य रुपमा मनाउंदैछ ।

पालिकाका अध्यक्ष शेरबहादुर लिम्बू र जिल्ला समन्वय समितिका प्रमुख टंक चौहानले ४ वटा मैनबत्ति र पानसमा बत्ति बालेर दिवशको उत्घाटन गर्नुभएको छ ।
उत्घाटनको अबसर पारेर जोरपाटी बजारमा निर्मित वडा नं. २ को नयाँ कार्यालय भवन पन्चे बाजा सहित बिभिन्न जातिय झाँकीहरुको साथमा उत्घाटन गरिएको छ ।
कार्यक्रममा बिभिन्न बिद्याहरु उत्कृष्ट काम गर्नेहरुलाई पुरस्कार ,पालिका तथा वडा कार्यालय भवन निर्माणका लागि जग्गा दिने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै उत्सवको अबसरमा महिला छात्रा बिद्यार्थीहरुको फुटवलको फाईनल र वडा स्तरीय भलिवल खेलहरु सम्पन्न हुनलागेका छन् ।


