पाख्रीवास स्थित कैलाशनाथ मन्दिरमा पनि विभिन्न धार्मिक कार्यक्रमहरु सञ्चालन

धनकुटा । आज महाशिवरात्रि पर्व अवसरमा धनकुटाको पाख्रीवास स्थितको कैलाशनाथ मन्दिरमा पनि विभिन्न धार्मिक कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

कैलाशनाथ युथ क्लवको आयोजनामा धार्मिक, साँस्कृतीक मेला एवम् भाग्शाली चिठ्ठा कार्यक्रम सञ्चालन गरिएको हो । मन्दिरको संरक्षण संवद्र्धनमा सहयोग पुर्याउने लक्षका साथ आयोजित कार्यक्रम तथा मेलामा सयौ भक्तजनको उपस्थिती थियो ।

भाग्यशाली चिठ्ठा कार्यक्रमको प्रथम विजेत रिता श्रेष्ठ हुनुभएको छ । उहाँले उपहार स्वरुप १ थान फ्रिज प्राप्त गर्नुभएको छ । त्यस्तै दोश्रो भएका साहिल राईले एक थान उफर, र तेश्रो भएका रमेश कार्कीले एक थान राईस कुकर पुरस्कार प्राप्त गर्नुभएको आयोजक क्लवका अध्यक्ष सन्तोष मानन्धरले जानकारी दिनुभयो ।

त्यस्तै अच्युत निरौला,सेलिन राई, दीपाञ्जली राई, स्माईल मगर र वोल वहादुर खड्काले शान्त्वना पुरस्कार एक,एक वटा भित्ते घडी पुरस्कार जितेका छन् । उता शिवरात्रीको अवसरमा धनकुटाको मुलघाट, नर्वदेश्वर,लेगुवाको शिव मन्दिर लगाएतका जिल्लाका शिव मन्दिर पुजा पाठ गरिएको छ ।

शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।