धनकुटामा पनि एमालेको बोर्ड
धनकुटा, २८ फागुन । अदालतको फैसला पछि नेकपा नामको बिवाद अन्त्य भएसंगै नेकपा हटाएर नेकपा (एमाले) को बोर्ड राखिएको छ ।

पाटी कार्यलयमा एक उत्घाटन कार्यक्रमको आयोजना गरेर जिल्ला कमिटी र नगर कमिटीको बोर्ड परिवर्तन गरिएको छ ।
बोर्ड ब्यानरको जिल्ला पाटी अध्यक्ष राजेन्द्र कुमार राई र अग्रज नेता गोपाल गुरागाईले संयुक्त रुपमा उत्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा एमाले नेताहरु चन्द्र बस्नेत,गणेश राई (उज्ज्वल),ईन्द्रमणी पराजुली,टंक चौहान,निरन राई,शिव आङ्ला,तारा तितुङ लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
उपस्थित सबैलाई पार्टी अध्यक्ष राईले शुभकामना दिनुभएको थियो । भोली जिल्लाका ७ वटै स्थानिय तह अन्तर्गतका पार्टीहरुको बोर्ड परिवर्तन गरिने एमाले धनकुटाले जानकारी दिएको छ ।


