बार्षिक उत्सवमा ३ दर्जन बढीलाई सम्मान तथा पुरस्कार

नारायण कुमार राई,धनकुटा । आफ्नो चौथो स्थापना दिवशको अवसर पारेर छथर जोरपाटी गाउँपालिकाले आफ्ना पालिकाका बिभिन्न जनजाति,शिक्षक,कर्मचारी,बिद्यार्थी तथा खेलाडिहरु र पालिकालाई जमिन उपलब्ध गराउने दाताहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । जमिन दान गर्ने १० जना,८ स्वास्थ्यकर्मी,२ शिक्षक,५ बिद्यार्थी,३ वडाका खेलाडि,३ बिद्यालय,५ निबन्धकार र बिभिन्न १० वटा नृत्य तथा जातिय झाँकीलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

पालिकाले सामुदायिक भवनका लागि जमिन दान गर्ने वडा नं.४ का भवानी लिम्बू,खेलमैदानका लागि जमिन दान दिने वडा नं. ५ का गणेश बहादुर श्रेष्ठलाई सम्मान गरेको छ । त्यस्तै आदिवासी सामुदायिक हल बनाउन जमिन दान गर्ने वडा नं. ४ की आशमती लिम्बू,५ बेडको अस्पताल प्रयोजनका लागि जमिन दान गर्ने वडा नं.६ का गणेश श्रेष्ठ, गजेन्द्र श्रेष्ठ र खड्ग कुमारी श्रेष्ठलाई सम्मान गरिएको छ ।

त्यस्तै आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि जग्गा दान गर्ने वडा नं. ५ का ढकलसिंह लिम्बू,५ बेडको अस्पतालका लागि जमिन दान गर्ने वडा नं. ६ का मनमाया श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै पालिकाले खोप केन्द्र निर्माणका लागि जमिन दान गर्ने वडा नं.५ का टंक बहादुर लिम्बू र ताँखुवा सामुदायिक भवन निर्माणका लागि जमिन दान गर्ने वडा नं. ३ का निरा सम्बाहाम्फेलाई सम्मान गरेको छ ।

पालिकाले शिक्षा तर्फ २०७६ सालमा गणित बिषयमा उत्कृष्ट अंक ल्याउन सफल बिद्यालयका गणित बिषयका शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । पुरस्कृत तथा सम्मानित हुनेहरुमा ए.स.ई.ई.मा उत्कृष्ट अध्यापन गराई अब्बल नम्बर ल्याउने लक्ष्मी मा.बि.सल्लेका शिक्षक श्री सुदिप कटुवाल र कक्षा ८ को परिक्षामा अब्बल नम्बर ल्याउने तिलेश्वर मा.बि.तेलियामा अध्यापन गराउने शिक्षक श्री गंगा बहादुर तामाङ रहेका छन् । उनीहरुलाई जनही नगद रु १५ हजार र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै पालिकाले कोरोनाको समयमा उत्कृष्ट काम गर्ने ८ जना स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा ताँखुवा,तेलिया,परेवादिन र हात्तिखर्क स्वास्थ्य चौकीका क्रमश पुष्पराज ओझा,रामनारायण शाह,चेतबीर थापा,आषिश आले रहेका छन् । त्यस्तै आधारभुत स्वास्थ्य केन्द्र वडा नं.२ र ५ का बिश्व लिम्बू र एबिन लिम्बु,सोहि वडाका सामुदायिक स्वास्थ्य ईकाइका दुर्गा प्रसाद लिम्बू र प्रेम कुमार लिम्बू सम्मानित हुनुभएको छ ।

त्यस्तै “समृद्ध राष्ट निर्माणका लागि यूवाको खोजी”बिषयक निबन्ध प्रतियोगीतामा छनौट भएका ५ जनालाई नगद पुरस्कारले पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनेहरुमा प्रथम सुमिना श्रेष्ठ,दोस्रो भगवी लिम्बू,तेश्रो पुजा कुमारी लिम्बू र सान्तत्वनामा निम्दिगी शेर्पा र ठगेन्द्र लिम्बू रहेका छन् ।
उनीहरुलाई क्रमश १० हजार,८ हजार,५ हजार र २ हजार नगदले पुरस्कृत गरिएको थियो ।

त्यस्तै उपाध्यक्ष छात्रा फुटबल कपमा प्रथभ हुने वडा नं.३ को चुलाचुली मा.बि.दोस्रो शुने वडा नं.५ का महाकाली मा.बि र तेश्रो हुने वडा नं. ६ को सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुललाई नगद,ट्रफी र मेडल प्रदान गरिएको थियो । बिजेता बिद्यालयहरुलाई क्रमश ३० हजार २० हजार र १० हजार नगदले पुरस्कृत गरिएको थियो ।

त्यस्तै बार्षिक उत्सवको आकर्षका रुपमा रहेको वडा स्तरीय पुरुष रनिङ शिल्ड भलिवल प्रतियोगितामा वडा नं.१ प्रथम,वडा नं.६ ले दोस्रो र वडा नं.२ ले तेश्रो स्थानमा जीत हाँसिल गरेको छ । बिजेता वडा नं.१ ले ५० तोला चाँदीको रनिङ कप सहित ४० हजार नगद,दोस्रोले नगद ३० हजार ट्रफी र तेश्रो हुनेले नगद २० हजार सहित ट्रफी जितेको छ ।

त्स्तै कार्यक्रमभरी मनोरन्जन दिन बिभिन्न जातिय झाँकी तथा नृत्य प्रस्तुत गर्ने १० वटा टोलिलाई पालिकाले नगद १० हजारका दरले सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा पन्चेबाजा,२ वटा कृतन,च्याब्रुङ,२ वटा मगर झाँकी,शेपा,तामाङ सेलो,सोरठी नृत्य र सगरमाथा बोडिङ स्कुलको प्रस्तुती रहेका थिए ।
सम्मानित तथा पुरस्कृत सबैलाई पालिका अध्यक्ष शेरबहादुर लिम्बू,जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान,पालिका उपाध्यक्ष भीमकला श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल,शिक्षा बिकास समन्वय ईकाइका मोहन राईले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा पालिकाले बिभिन्न क्षेत्रमा हालसम्म गरेको प्रगतिको गतिबिधि तथा सुचांक सार्वजनिक गरेको थियो । कार्यक्रममा बिभिन्न पार्टीका नेता,समाजसेवीहरुले पालिकालाई बार्षिक उत्सवको बधाई तथा शुभकामना दिनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।