नेपाल तरुण दल सागुरीगढी गाउपालिका धनकुटाको प्रथम पालिका अधिवेशन सम्पन्न
धनकुटा । नेपाल तरुण दल सागुरीगढी गाउपालिका धनकुटाको प्रथम पालिका अधिवेशन राज लिम्बुको अध्यक्षतामा ७१ सदस्यीय नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले उद्घाटन गर्नु भएको अधिवेशनले दिपेन लिम्बुलाई इञ्र्चाज तथा संयोजक र वरिष्ठ उपाध्यक्षमा अलम राई, उपाध्यक्षमा शैलेस राई,सचिव राज कुमार राई सह सचिवमा मणिन्द्र राई,कोषाध्यक्षमा लक्ष्मी लिम्बु सह कोषाध्यक्षमा बबिन मगरलाई चयन गरेको छ ।
त्यसैगरी अन्य सदस्यहरुमा भगत राई,पूर्ण वहादुर राई हेमन राई देवचन्द राई,इन्द्र याक्खा,सुदीप लावती,मन वहादुर राई ,सजुन राई युवराज राई अविरल लिम्बु, कुमार लुईटेल,गणेश लिम्बु, पदम लिम्बु, पुजन लिम्बु,सरोज लिम्बु,विक्रम थेगिम,कमल राई,भरत राई,आषिश राई,विकास लिम्बु, सुनिल राई,सुजन मगर,शेर वहादुर मगर,ललित राई,शिव घिसिग,कसम तामाग,संजय बुढाथोकी,सागर राई,सुदिप लावती,युवराज राई,मन वहादुर राई,राम कुमार राई,कृष्ण राई,निलम लिम्बु,उदिप राई, ,भीम मगर, लगायत रहेकाछन् ।
नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईको अध्यक्षतमा सम्पन्न अधिवेशनमा मन्तव्य राख्दै वक्तहरुले तरुण दल कांग्रेसको यूवा शक्ति भएकाले कांग्रेसलाई सफल बनाउन कांग्रेस भित्र अव युवाहरुले नेतृत्व गर्नु पर्नेमा जोड दिएका थिए ।
अधिवेशनमा नेपाल तरुण दल धनकुटका वरिष्ठ उपाध्यक्ष धिरज लामाले स्वागत मन्तव्य राख्नुभएको थियो ।सञ्चालन जिल्ला सचिव नरेन्द्र कस्चितले गर्नु भएको थियो ।


