चोरीको मोटरसाईकल सहित एक युवा पक्राउ
धनकुटा,फागुन २९ । चो’रीको मोटरसाईकल सहित धनकुटा शहिदभूमीका एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २२ वर्षका युवा अशिम राई रहेको प्रहरीले जनाएको छ । सुनसरीको धरान उपमहानगरपालिका वडा नं १३ वस्ने जित बहादुर गोलेको नाममा दर्ता रहेको को ३९ प ९४३ नंं को २२० सिसिको पल्सर मोटसाईकल फागुन २३ गते चो’री भएको थियो ।
चो’री भएको मोटरसाईकल धनकुटाको शहिदभुमी गाउँपालिका वडा नं २ मा ल्याई गाउ घरमै चलाई रहेको अवस्थामा डिउटिमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा फेला पारेको हो ।
नियन्त्रणमा लिईएको युवा र वरामद भएको मोटरसाईकल आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यलय धरान सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।


