शिक्षकलाई विभेद गरे आन्दोलन गर्छौं

धनकुटा । आस्थाको आधारमा विभेद गरि अन्याय गरे प्रतिराेध गर्दै नेपाल शिक्षक संघ सागुरीगढी धनकुटाको चौथो प्रतिनिधि सभा आज सम्पन्न भएको छ ।

शिक्षकहरुको प्रतीनिधि सभा उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संघ धनकटाका १ नम्वर प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाले आस्थाको आधारमा शिक्षकहरुलाई विवेद गरे आन्दोलन गर्ने वताउनु भयो ।

यसैगरी नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर सुब्बा,नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु कमट फागु,मोहन वान्तवा,नेपाल धन राई,रमेश इवाहाङ्ग,क्षेत्रिय सभापति जितेन्द्र राई,सागुरीगढी गाउपालिकाका सभापति यम प्रकाश मगर लगायतले सत्ता पक्षले शिक्षकरुलाई राजनैतिक ढंगले आस्थाका आधारमा दुख दिए प्रतिरोध गर्ने वताउनु भयो ।

उहाहरुले शिक्षालाई व्यवहारीक र उत्पादन मुलुक बनाउनु पर्ने समेत वताउनु भयो । नेपाल शिक्षक संघ सागुरीगढी गाउपालिकाका अध्यक्ष कुल प्रसाद दाहालको अध्यक्षतमा सम्पन्न भएको प्रतिनिधि सभामा स्वागत मन्तव्य शिक्षक गिता चेम्जोगले गर्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक उद्धव अधिकारीले गर्नु भएको थियो ।

उक्त पालिका स्तरीय शिक्षक संघको प्रतिनिधि सभाले नेपाल शिक्षक संघ सागुरीगढी गाउपालिकाका अध्यक्ष कुल प्रसाद दाहालले प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।