प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट शूरु

शर्मिला राई/धनकुटा,चैत १ । धनकुटाको पाख्रीवास नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ को प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट शूरु भएको छ ।

नगरको वडा नं २ स्थित वरचौतारा खानीगाउँ ग्रामीण सडक स्तरोन्नती आयोजना मार्फत पाख्रीवास नगरपालिका प्रमुख वृष वहादुर राईले चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रमको शूरुवात गर्नु भएको नगरका रोजगार संयोजक नारायण वस्नेतले जानकारी दिनुभयो । यो कार्यक्रम मार्फत यस वर्ष पाख्रीवास गरपालिकाका १० वटै वडाका जम्मा २ सय ४ जनाले रोजगारी पाएको उहाँले वताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यो वर्ष नगरका ६ सय ३९ जना सूचिकृत भएका मध्ये २ सय ४ जनाले मात्र १ सय दिनका लागि काम पाएका हुन् । रोजगारी पाएकाहरुले प्रतिव्यक्ति दैनिक रु ५ सय १७ रुपयाँ को दरले पारिश्रमिक पाउनेछन् । पालिका वा संघिय सरकारले तोकेको मध्ये जुन दररेटमा पारिश्रमिक उपलव्ध गराए पनि हुनेमा गत वर्ष ६ सय ४० रुपयाँको दरले पारिश्रमिक दिईएको भएपनि यस वर्ष संघिय सरकारले तोकेको दररेट अनुसार प्रतिदिन प्रतिव्यक्ति ५ सय १७ रुपयाँको दरले पारिश्रमिक प्रदान गरिएको रोजगार संयोजक वस्नेतले स्पष्ट पार्नुभयो ।

उनिहरुको पारिश्रमिक बैंक खाता मार्फत भुक्तानि गरिने जनाईएको छ । पाख्रीवास नगरपालिकामा यो कार्यक्रम किन ढिलो शूरु भयो भन्ने विषयमा उहाँले संघिय सरकार मार्फत सर्शत अनुदानमा प्राप्त रकमको शतप्रतिशत श्रमिक ज्यालामा खर्च गर्नु पर्ने, आयोजना सञ्चालनका लागि औजार, श्रमिकका लागि सू रक्षात्मक सामाग्री नगरकै श्रोतबाट व्यवस्थापन गर्नुपर्ने र आवश्यक सम्र्पूण प्राविधिक स्टिमेट सकेर मात्र यो कार्यक्रमको शूरुवात गरिएको स्पष्ट पार्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।