पार्टी समायोजनका साथ गरि खाने कार्यक्रम सम्वन्धि सचेतना कार्यक्रम
धनकुटा । धनकुटाको मूर्तीढुंगा गणेशटारमा नेपाली कांग्रेसले पार्टी समायोजनका साथ गरि खाने कार्यक्रम सम्वन्धि सचेतना कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले मुलुकमा अव निर्वाचनको विकल्प नरहेको वताउनु भयो । उहाले नेपाली कांग्रेसले विजय प्राप्त गरेपछि मात्र मुलुकको सवै समस्या समाधान हुने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागी नेपाली कांग्रेस क्रियाशिल रहेको वताउनु भयो । पार्टीका महालक्ष्मी नगरपालिका वडा नं ९ का सभापति प्रेम प्रसाद ढकालको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले नेपालीलाई समक्ष बनाउन कांग्रेसले गरि खाने अभियान संचालन गरेको वताउदै गरिखाने अभियानका वारेमा सहजीकरण गर्नु भएको थियो ।
उहाले अव प्रत्येक नेपालीलाई उद्यमशिल बनाउदै गरि खाने अभियानमा जोड्ने वताउनु भयो । पार्टीका जिल्ला सदस्य भक्तलाल मादेन,वडा उपसभापति मान प्रसाद काफ्ले,युवा नेताहरु खगेन्द्र मादेन, मदन घिमिरे,असित थापा लगायतले काग्रेसले अव गाउँगाउँबाट जागरण ल्याउनु पर्नेमा जोड दिएकाछन् । कार्यक्रमको सञ्चालन पार्टी सचिव कमल विकले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ९ का तत्कालिन राप्रपाका ३ सय २ जनालाई कांग्रेसमा समायोजन गर्दै पार्टी सदस्यता प्रदान गरिएको छ । सोही समारोहमा गरिखाने कार्यक्रमको उद्यमीशिला बनी व्यावसाय सञ्चालनका लागि फारम समेत वितरण गरी भर्ने तरिकाको वारेमा समेत जिल्ला सचिव राईले सहजीकरण गर्नु भएको थियो ।


