मूल पार्टीमा फर्किन आव्हान गर्दै नेकपा एमाले धनकुटाको विशेष बैठक सम्पन्न
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको विशेष बैठक पार्टी अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको छ ।
नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बीच एकिकरण भइ बनेको नेकपा विधिसम्मत नदेखिएको भन्दै पूर्ववत् अवस्थाका पार्टीमै रहने गरि गत फागुन २३ गतेको सर्बोच्चको फैसलालाई कार्यान्वयन गर्दै जिल्लाको कमिटि नेकपा(एमाले) मा रुपान्तरण गर्ने लगायतका अन्य बिषयहरुमा छलफल,निर्णय गरिएको अध्यक्ष राई हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
जिल्लाका ७ वटै तहमा नेकपा(एमाले) को गाउं/नगर कमिटी स्थापना गरि सकिएको र अब ६० वटै वडासम्म एमालेको वडा कार्यालय स्थापना गर्ने पनि सो बैठकले निर्णय गरेको छ ।
पछिल्लो राजनैतिक घटनाक्रमका कारण पार्टीका नेता,कार्यकर्ताहरु जहॉं जे जस्तो अवस्थामा रहेको भएपनि मूल पार्टी नेकपा(एमाले) मा आवद्द हुन सबैलाई आव्हान गर्ने पनि उक्त बैठकले निर्णय गरेको छ ।



