अबैध सल्ला काट्नेलाई कै’द र जरिवानाको फैसला
धनकुटा,२ चैत । खोटेसल्ला अवैधरुपमा कटान गरेको कसुरमा धनकुटा जिल्ला छथर जोरपाटी गाँउपालिका वडा नं ४ का एकजनालाई एकवर्ष कैद र दुईलाख रुपैया जरिवाना तिर्नुपर्ने फैसला अदालतले गरेको छ ।
धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका ४ तेलियाका नारायण गिरीलाई जिल्ला अदालत धनकुटाका जिल्ला न्यायधिश फणिन्द्रप्रसाद पोखरेलको एकल इजलासले उक्त फैसला गरेको जिल्ला अदालत धनकुटाका सूचना अधिकारी एवं तहसिलदार निरज पोख्रेलले वताउनुभयो ।
सूचना अधिकारी पोख्रेलका अनुसार गिरीलाई एक वर्ष कैद सहित दुई लाख नौ हजार एक सय ३२ रुपैया जरिवाना तिर्नुपर्ने फैसला भएको छ ।गिरी सँगै उक्त मुद्धाका आरोपित छथर जोरपाटी गाँउपालिका वडा नं ३ निवासी प्रेमवहादुर लिम्वुलाई एक महिना कैद सजायको फैसला भएको छ ।
अन्य आरोपितहरु छथर जोरपाटी गाँउपालिका ४ कै गंगावहादुर अधिकारी, सितल लिम्वु चौहान र वाचस्पती निरौलालाई भने अदालतले सफाइ दिएको छ ।
जिल्ला वन कार्यालय धनकुटाका सहायक वन अधिकृत रामवावु यादवको प्रतिवेदनको आधारमा सरकारवादी मुद्धा जिल्ला अदालत धनकुटामा एकवर्ष अघि दर्ता भएको थियो ।


