तरुण जागरण अभियान सम्पन्न
धनकुटा । नेपाली कांग्रेस पाख्रीवास नगर कमिटीले आज नगरको ३ नं वडामा तरुण जागरण अभियान सम्पन्न गरेको छ ।

पार्टीका तरुण युवाहरुलाई प्रशिक्षित गर्दै संगठनिक रणनीति निर्माण गर्ने लक्षका साथ सञ्चालित यो अभियानको क्रममा नेपाल कम्युनिष्ट पार्टी सहित अन्य पार्टी परित्याग गरि वडा नं ३ का ११ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस पाख्रीवास नगर कमिटीका कार्यवाहक सभापति प्रेम भण्डारीले जानकारी दिनुभयो ।
प्रवेश गर्नेहरुमा नितेश आले,युवराज बुडाथोकी,बल वहादुर सिजाली,दिनेश बुडाथोकी,अनिल राई,चन्द्र दर्लामी लगायत रहेका छन् । पार्टीका वडा सभापति चन्द्र लिम्वुको अध्यक्षता तथा जिल्ला सचिव कृष्ण वहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा युवाहरुलाई प्रशिक्षित गरिएको उहाँले वताउनुभयो । चैत ३ देखी शूरु भएको यो अभियान १७ गते सम्पन्न हुने छ ।
यसअघि नगर कमिटीले १ र २ नं वडामा यो अभियान सम्पन्न गरिसकेको छ ।


