आ’गलागी पी’डित परिवारलाई राहत प्रदान
धनकुटा । धनकुटा नगरपालिका वडा नं ६ सिरान बजारका आ’गलागी पी’डित परिवारलाई राहत प्रदान गरिएको छ ।
८६ वर्षका वृद्ध धनवहादुर ब्लोन तामाङको परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिकाले राहत स्वरुप नगद १५ हजार प्रदान गरेको हो । सो रकम समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै गरी धनकुटा नगरपालिकाबाट खाद्यान्न, वडा पालिकाबाट खाद्यान्न र नेपाल रेडक्रस सोसाइटी धनकुटाको तर्फबाट गैरखाद्य सामाग्री प्रदान भयो गरिएको छ ।
राहात वितरण कार्यक्रममा धनकुटा नगरपालिकाका उपप्रमुख सकुन्तला बस्नेत , नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाका सभापति हरिकुमार राई, नेपाली सेना,नेपाल प्रहरी प्रमुख ,उद्योग बाणिज्य संघका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।
तामाङको घरमा हिजो आ’गलागी भएको थियो ।


