धनकुटाको रेडियो मकालुमा आबद्ध कर्मचारीद्धारा सामुहिक राजिनामा
धनकुटा,६ चैत । धनकुटाको रेडियो मकालुमा आबद्ध समाचार, बिज्ञापन,कार्यक्रम र प्राविधिक शाखाका सात जना कर्मचारीले सामुहिक राजीनामा दिएका छन ।
रेडियो प्रसाशनले लामो समय देखि पारिश्रमिक नदिएको र कोभिडका कारण रेडियो आर्थिक संकटमा परेको र आगामी बैशाख देखि पारिश्रमिक उपलब्ध गराउन नसक्ने भन्दै विकल्प खोज्न बाध्य पारिएको र उक्त कार्य संविधान संम्वत समेत नरहेको र संस्थामा उपस्थित भएर काम गर्ने सक्ने अबश्था नरहेको भन्दै ७ जनाले सामुहिक राजिनामा दिनु परेको बिज्ञप्तीमा उल्ललेख गरिएको छ ।




