छथरका ५ कृषि जन्य संस्थाहरुलाई ४८ लाख अनुदान

नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी गाउँपालिकाले यस बर्षको कृषि अनुदान पालिकाका ५ वटा कृषि तथा पशु सम्बन्धि संस्थाहरुलाई दिएको छ ।

पालिकाले जारी गरेको १५ दिने सुचनामा दरखास्त लगाउने ६ वटा वडाका १७ वटा कृषि सम्बन्धि संस्थाहरुबाट छनौट गरी ५ वटा कृषि तथा पशुपालक संस्थालाई अनुदान दिएको हो । अनुदानबाट ती समुह तथा सहकारीमा आवद्ध ११५ जना कृषकहरु लाभाम्बित हुनेछन् ।

अनुदान पाउने संस्थाहरुलाई संघिय सरकारको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सचालन कार्यबिधी अनुसार छनौट गरिएको भेटेनरी अधिकृत राजकुमार राईले जानकारी दिनुभयो । अनुदान पाउने संस्थाहरुमा बंगुरपालानका लागि आवेदन परेका ८ वटा संस्थाहरु मध्ये बंगुर पकेट क्षेत्रका वडा नं. ३ को ढुंङ्गे कृषि सहकारी संस्था र वडा नं. ५ को खोक्ताप बाँझ बिसाउना कृषक सहमुह रहेको छ ।

त्यस्तै किबी खेतीका लागि आवेदन परेका ३ कृषि संस्थाहरु मध्ये किवी पकेट क्षेत्र कै वडा नं.६ को पहाडी किवी तथा तरकारी उत्पादन कृषक समुहले अनुदान पाएको छ । त्यस्तै खुर्सानी खेतीका लागि परेका ४ कृषि संस्थाहरु मध्ये खुर्सानी पकेट क्षेत्र भन्दा बाहिरका वडा नं.२ को सल्लेरी कृषक समुहले अनुदान पाएको छ ।

मकै खेतीका लागि परेका २ आवेदन मध्ये पकेट क्षेत्र कै वडा नं.१ को पिङ डाँडा कृषक समुहले अनुदान पाएको छ । सरकारको ७५ र कृषि समुह तथा सहकारीको २५ प्रतिशत साझेदारीमा उक्त अनुदानको कार्यक्रम सम्पन्न गरिने पालिकाले जानकारी दिएको छ ।

अनुदान पाउने बंगुर पालन अनुदान तर्फ १०÷१० लाखका दरले जम्मा २० लाख,किवी र खुर्सानी खेतीलाई ६÷६ लाख गरी जम्मा १२ लाख र मैकै खेती अनुदानका लागि १२ लाख दिईने भेटेनरी शाखाले जानकारी दिएको छ ।

अनुदानबाट बंगुरपालन तर्फ सहकारीमा आवद्ध २९ जना,किवी तथा तरकारी उत्पादन समुहका २१ जना,खुर्सानी कृषक समुहका ३८ जना र मकै खेती समुहका २७ जना किसान लाभाम्बित हुनेछन् ।पालिकाले वडा नं.१ लाई मकै,२ लाई खर्सानी,६ लाई किवी र ३ र ५ वडालाई बंगुर पालन पकेट क्षेत्र घोषणा गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।