नेपाल शिक्षक संघ धनकुटा नगरकार्य समिती चौथो प्रतिनिधि सभा सम्पन्न
धनकुटा,७ चैत । गुणस्तरीय शिक्षाको लागि प्रतिवद्ध शिक्षक भन्ने नाराका साथ नेपाल शिक्षक संघ धनकुटा नगरकार्य समिती चौथो प्रतिनिधी सभा सम्पन्न भएको छ ।
धनकुटा नगरका नेपाल शिक्ष संघका अध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेस धनकुटाका उपसभापती नविनकिशोर शाक्य,बिशोष अतिथी नेपाली कांग्रस धनकुटा नगरपालिकका सभापती रोशन श्रेष्ठ,नेपाल शिक्षक संघ धनकुटाका पूर्व अध्यक्ष एवं त्रिवेणी मा.बि.का पूर्वप्रधानाध्यापक ईश्वरीप्रसाद अधिकारी, सिताराम सुवेदी ,इश्वरी श्रेष्ठ,नेपाल शिक्षक संघ १ न प्रदेश अर्थमहासचिव रामकुमारी भण्डारी,नेपाल शिक्षक संघ धनकुटाका उपाध्यक्ष टिकाराम श्रेष्ठ,महिला शिक्षक समाज धनकुटा अध्यक्ष शोभा दाहाल,प्रदेश न १ ट्रेड यूनियन कांग्रेसका सदस्य गुरुप्रसाद काफ्ले,पूर्व जिल्ला सचिब घनेन्द्र सुब्वा,त्रिवेणी मा.विका प्रअ दिपक पोख्रेल,गोकुण्डेश्वर माध्यमिक विद्यालयका सहायक प्रअ लक्ष्मीप्रसाद सापकोटालगायत नेपाल शिक्षक संघ धनकुटाका पदाधीकारी एवंम् सदस्य नगरकार्य समितीका पदाधीकारी था सदस्यहरुको उपस्थिती रहेको थियो ।
आजको प्रतिनिधी सभामा यसै शैक्षिक सत्रमा अवकाश प्राप्त नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरु लाई टिका र खादा लगाई सम्मान पत्र द्धरा सम्मान समेत गरिएको थियो ।
प्रमुख अतिथी, बिशेष अतिथी, अतिथी लगायतले प्रतिनिधी सभाको सफताको शुभकामना दिनु भएको थियो । कार्यक्रको स्वागत मतव्य नेपाल शिक्षक संघ धनकुटा नगरउपाध्यक्ष पवित्रा देवि तिम्सिना दिनस भएको थियो भने आर्थिक गतिविधी अर्थ सचिव माधव गुराँगाईले प्रस्तुत गर्नु भएको थियो ।
संस्थाको संगठानिक प्रतिवेदन नेपाल शिक्षक धनकुटा नगरसचिब केशव गुराँगाईले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रको संचालन समेत सचिव गुराँगाईले गर्नु भएको थियो ।


