धनकुटा ८ का नागरिकलार्ई गरि खाने कार्यक्रम मार्फत कांग्रेसले आत्मनिर्भर बनाउने

धनकुटा, ७ चैत्र । धनकुटाका नगरपालिका वडा नं. ८ का नागरिकहरुलाई गरिखाने कार्यक्रम मार्फत नेपाली कांग्रेस धनकुटाले आत्मनिर्भर बनाउने आज वडा नं. ८ मा आयोजित कार्यक्रममा धनकुटा कांग्रेसका नेताहरुले वताएका छन ।

घरेलु उद्योग तथा कृषि,पशुपालन व्यावसाय संचालन गर्न गरि खाने कार्यक्रम मार्फत सहयोग गरी धनकुटा नगरपालिका वडा नं. ८ का नागरिकहरुलाई नेपाली कांग्रेसले आत्मनिर्भर बनाउने वडा नं. ८ मा आयोजना गरेको कांग्रेस भेलामा धनकुटा कांग्रेसका नेताहरुले वताएका हुन । उक्त कार्यक्रममा प्रदेश सभाका सांसद लिला सुब्बाले अव प्रत्येक नागरिक आत्मनिर्भर बन्नका लागी उद्यमी व्यावसायी बन्नु पर्नेमा जोड दिनु भयो ।

नेपाली कांग्रेस धनकुटा ८ का सभापति सूर्य वहादुर राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,सहसचिव सिता श्रेष्ठ,नगर सभापति रोशन श्रेष्ठ,नेपाल महिला संघ धनकुटा नगरका सभापति निरुपा राई,कांग्रेसका यूवा नेताहरु मानु भक्त राई बिजकर्ण राई लगायतले वडा नं. ८ का नागरिकहरु पर्वितनको पक्षमा रहेको वताउदै सवै वडा नं. ८ का नागरिकहरुलाई कांग्रेसले आत्मनिर्भर बनाउने अभियान संचालन गर्ने वताउनु भयो ।

उक्त कार्यक्रमको संचालन यूवा नेता तथा नगर सदस्य बिजकर्ण राईले गर्नु भएको थियो भने कार्यक्रममा नेपाली कांग्रेसले सवैलाई आत्मनिर्भर बनाउन संचालन गर्ने गरि खाने कार्यक्रमको वारेमा पार्टी सचिव विजय सन्तोषी राई र कोषाध्यक्ष दिनेश राईले सहजीकरण गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।