नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ६३७ को नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कारोना सङ्क्रमणका कारण कसैको पनि मृ,त्यु भएको छैन ।

नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा उपचारपछि निको हुनेको सङ्ख्या ८२ पुगेको छ । योसँगै उपचारपछि निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार ८१५ रहेको छ । निको हुने दर भने ९८ दशमलब ५ प्रतिशत रहेको छ ।

अहिले देशभर ९९८ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४७ क्वारेन्टिनमा छन् । अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २२ लाख ३३ हजार ३४५ को पिसीआर परीक्षण भएको छ । हालसम्म तीन हजार १६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।