नेपाल तरुण दल धनकुटाद्वारा एक उपाध्यक्ष सहित २५ जना जिल्ला सदस्यमा मनोनित

धनकुटा,८ चैत । नेपाल तरुण दल धनकुटाले धनकुटा जिल्लाका विभिन्न पालिकाबाट एक उपाध्यक्ष सहित २५ जना जिल्ला सदस्यको रुपमा मनोनित गरेको छ ।

नेपाल तरुण दल धनकुटाको आज बसेको बैठकले २६ जना तरुण सदस्यहरूलाई मनोनित गरेको हो ।मनोनित गरिएको मध्ये राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका छथरजोरपाटीका चिरन्जीवि थापालाई नेपाल तरुण दलको उपाध्यक्ष पदमा मनोनित गरिएको छ ।

शहिदभुमि गाउँपालिकाबाट नेपाल तरुण दल जिल्ला सदस्यमा सन्जिव राई,कृष्ण बहादुर राई,नरेश राई,दासुराम राई,विषण राई,पाल्टेन राई मनोनित गरिएको छ ।

यसैगरि साँगुरीगढी गाउँपालिकाबाट निर्देश लिम्बू,हरेन्द्र कुमार राई,लाल बहादुर लिम्बू,दिपक मगर छथरजोरपाटी गाउँपालिकाबाट बेल बहादुर थापा,विशाल लिम्बू महालक्ष्मी नगरपालिकाबाट अचुत कुवर,सविन चापागाँइ,भरत श्रेष्ठ,खगेन्द्र थापा पाख्रिवास नगरपालिकाबाट विमल गुरुङ्ग चौबिसे गाउँपालिकाबाट सपन श्रेष्ठ,नवीन कुमार राई,श्रीहाङ लिम्बू धनकुटा नगरपालिकाबाट रुपेश श्रेष्ठ,मिना राई,क्रान्ति डंगोल,शुभाष वाग्ले,सन्तोष तामाङ्ग लगायतका यूवाहरूलाई नेपाल तरुण दल जिल्ला सदस्यमा मनोनीत गरिएको नेपाल तरुण दलका जिल्ला सचिव नरेन्द्र राईले जानकारी दिनुभयो ।

आजै बसेको बैठकले जिल्ला स्तरीय तरुण प्रशिक्षण विविध समस्याका कारण तोकिएको मितिमा सम्पन्न नभएको र सो प्रशिक्षण आगामी चैत्र ३१ गते सम्पन्न गर्ने निर्णय गरिएको नेपाल तरुण दलका जिल्ला अध्यक्ष दिनेश राईले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।