तामाङ मौलिक बाजा टुङना,डम्फू र सम्भोटा लिपि सम्वन्धि सात दिने प्रशिक्षण सम्पन्न

धनकुटा,चैत ८ ।  नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा धनकुटाको हिलेमा सञ्चालित तामाङ माैलिक बाजा टुङना डम्फू र सम्भोटा लिपि सम्वन्धि सात दिने प्रशिक्षण तालिम आज सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष विष्णु मोक्तानको अध्यक्षतामा सञ्चालित तालिमको  आज एक कार्यक्रमका वीच समापन गरिएको हो ।

नेपाल तामाङ घेदुङ संघीय सदस्य तथा धनकुटा नगरपालिका वडा नं १ का कार्यबाहक वडा अध्यक्ष लालचन्द्र गाेङबा तामाङकाे प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको हो ।

प्रमुख अतिथि गाेङबा तामाङले तामाङ समुदायको भाषा धर्म , संकार संस्कृति , बजाउन तथा विकास गर्नका लागि विभिन्न प्रयास भईरहेकाे बताउनु भयो  साथै उहाले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

तालिममा ताम्बा संघका केन्द्रीय अध्यक्ष धावा वाङ्गेल माेक्तानले प्रशिक्षण दिनुभएकाे थियोे । सात दिने तालिममा धनकुटा जिल्लाका विभिन्न स्थानीय तहका तामाङ समुदायको सहभागीता रहेको तालिममा तामाङ समुदायको माैलिक बाजा डम्फू तथा टुङना बजाने र बनाउने र तामाङ सम्भोटा लिपि पढ्न सिकाएको आयोजकले जनाएको छ ।

तालिमको समापन कार्यक्रम घेदुङका सहसचिव धन बहादुर माेक्तानले सञ्चालन गर्नु भएको थियोे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।