वहुमुखी पाठशाला धनकुटामा आ’गलागी
धनकुटा,चैत ९ । वहुमुखी पाठशाला धनकुटामा गए राती आ’गलागी भएको छ ।

धनकुटा मदन चोक स्थितको यो संस्थामा भएको आ’गलागीका कारण संस्थामा रहेका सम्पूर्ण सामान ज’ल्दा ३० देखि ३५ लाख सम्मको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।
आ’गो दमकलको सहायतामा स्थानिय र प्रहरीको प्रयासमा नियन्त्रणमा लिईएको उहाँले वताउनुभयो ।
प्रहरीका अनुसार अहिले सम्म आ’गलागीको कारण भने खुलेको छैन ।


