फागुपूर्णिमा (होली) पर्वको अवसरमा भिडभाड तथा जमघट नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गर्यो यस्तो सुचना
धनकुटा,१० चैत । नजिकिदै गरेको फागु पूर्णिमा (होली) पर्वको अवसरमा भिडभाड तथा जमघट नगर्न नगराउन जिल्ला प्रशासन कार्यलय धनकुटाले सम्वन्धित सवैलाई सचेत गराएको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाईस (कोभिड-१९) को संक्रमण तथा मृ त्युदर पूनः वढ्दै गएपछि यसबाट नेपालमा पर्न सक्ने थप प्रभावबाट शर्तक रहन स्वास्थ्य मन्त्रालयले सचेत गराउदै आए अनुसार आज एक सूचना प्रकाशन गर्दै प्रशासनले यस विषयमा सचेत गराएको हो ।
साथै कोरोना भाईरसको थप संक्रमणको सम्भावनालाई मध्य नजर गर्दै यसअघि सञ्चालनमा आएका क्वारेन्टाईन, आईसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न, स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी वनाउन र आवश्यक तयारी गर्न गराउन, स्वास्थ्य परिक्षण गराई संक्रमणको अवस्था पहिचान गर्न,स्यानिटाईजर,मास्कको प्रयोग गर्न, सामाजिक दूरीको मापदण्ड पूर्णरुपमा पालना गर्न गराउन, रात्रीकालिन समयमा सञ्चालन हुने व्यवसाय राती अवेर सम्म सञ्चालन नगर्न नगराउन समेत प्रशासनले स्वास्थ्य कार्यलय, पालिका, सूरक्षा निकाय र व्यवसायीहरुलाई सूचना मार्फत नै आह्वान गरेको छ ।



