२० करोड वरावरको पर्यटकीय संरचना वनाउने गुरु योजना तयार

धनकुटा,चैत ११ । धनकुटा नगरपालिका १ हिलेमा रहेको पर्यटनको जग्गामा २० करोड वरावरको पर्यटकीय संरचना वनाउने गुरु योजना तयार गरि पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास सँस्था हिलेले आज धनकुटा नगरपालिका १ नं वडा कार्यलयलाई पेश गरेको छ ।

पूर्वकै प्रमुख व्यापरिक केन्द्र तथा पर्यटकीय स्थलको रुपमा परिचित हिले वजार नजिक रहेको १३२ रोपनी जग्गामा आगामी आर्थिक वर्षदेखी काम शूरु गर्ने गरी गुरु योजना तयार गरि १ नं वडाध्यक्ष निरेन तामाङलाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष खगेन्द्र कुमार विष्टले जानकारी दिनुभयो ।

संस्थाको निक्कै लामो कसरत र प्रयासपछि संघिय सरकारको आर्थिक सहयोगमा २० करोड लागत लाग्ने गरि ऐतिहाँसिक पर्यटकीय संरचना निर्माणको गुरुयोजना तयार गरिएको अध्यक्ष विष्टले वताउनु भयो । गूरुयोजना अनुसार यहाँ १३२ रोपनी जग्गा क्षेत्रफलमा चिलडे्रन पार्क, स्वीमीङ पुल,म्यूजियम, अत्याधुनिक भ्यूटावर सहितका संरचनाहरु निर्माण गरिने छ ।

उल्लेखित संरचनाहरु निर्माण भएपछि धेरै पर्यटकहरुलाई यहाँ ल्याउन सकिने भएकोले हिलेको मात्र नभई जिल्ला कै विकासमा थप टेवा पुग्ने अपेक्षा रहेको अध्यक्ष विष्टले वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।