नवनिर्वाचित जिल्ला सहकारी संघ धनकुटाका पदाधिकारीहरुद्वारा शपथ ग्रहण
धनकुटा,१२ चैत । जिल्ला सहकारी संघ धनकुटाका नवनिर्वाचित पदाधिकारीहरुले आज शपथ ग्रहण गरेका छन् ।

निर्वाचन समितिका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षतामा धनकुटामा सञ्चालित कार्यक्रमको वीच जिल्ला सहकारी संघका नवनिर्वाचित अध्यक्ष खगेन्द्र प्रसाद सुवेदी, उपाध्यक्ष कमल लामिछाने,सचिव टेकराज चेम्जोङ,सहसचिव तिल महत सहित ९ सदस्यीय पदाधिकारीले सपथ ग्रहण गरेका हुन् ।
त्यस्तै लेखा समितिका संयोजक राजेन्द्र वस्नेत सहित तीन जना र केन्द्रिय पार्षद सुन्दर वावु श्रेष्ठलाई निर्वाचन समितिका संयोजक श्रेष्ठले सपथ ग्रहण गराउनुभएको हो ।
कार्यक्रमको दोश्रो चरणमा धनकुटा जिल्लाका सहकारीहरुलाई कसरी वृद्धी विकास गर्ने भन्ने वारेमा वृहत अन्तरक्रिया पनि गरिएको छ ।
जिल्ला सहकारी संघका नवनिर्वाचित अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमलाई संघका केन्द्रिय अध्यक्ष कँडेल सहित उपाध्यक्ष रमेश पोखरेल सञ्चालक गणेश ढकाल, प्रदेश अध्यक्ष डिल्ली पोखरेल, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ लगायतले सम्वोधन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव चेम्जोङले गर्नुभएको थियो ।


