एमाले परित्याग गर्दै युवा संघका वडा सदस्य सहित दर्जन युवा कांग्रेसमा प्रवेश

धनकुटा,चैत्र १२ । नेपाल कम्युनिष्ट पार्टी एमाले परित्याग गरि धनकुटाको साँगुरीगढी वडा नं. ३ बाट यूवा संघको वडा सदस्य मीन कुमार भूजेल सहित एक दर्जन नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् ।

नेकपा एमालेले निर्वाचन जित्नको लागि विभिन्न आश्वसन मात्र बाँडेको,केही आसेपासेहरूको मात्रै काम गरेको आम जनतालाई ढाँटेको आरोप लगाउदै नेकपा एमाले परित्याग गरेको एमाले परित्याग गरेका टिकाराम अधिकारीले बताउनु भयो ।नरोत्तम लिम्बू,दिपेन्द्र कुमार कार्की,लाल बहादुर माझी,गणेश बहादुर लिम्बू,खड्ग बहादुर अधिकारी,डिक बहादुर अधिकारी,पवन अधिकारी,चन्द्र बहादुर कार्की,छविलाल राई लगायतका गरि एक दर्जनले नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस महासमिति सदस्य कमोट फागोको प्रमुख आतिथ्यमा साँगुरीगढी वडा नं.-३ को कुशेटारमा पार्टी प्रवेश कार्यक्रम आज सम्पन्न भएको हो ।धनकुटामा सचेत मानिसहरूले धनकुटाको आमुल विकासको लागि परिवर्तन हुन जरूरी रहेको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य फागोले बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य मोहोन वान्तावा,नेपालधन राई र रमेश इवाहाङ्,नेपाली कांग्रेसका निर्वाचन क्षेत्र क का सभापति जितेन्द्र राईले समेत मन्तब्य राख्नु भएको थियो । साँगुरीगढी वडा नं.-३ का यूवाहरूलाई कार्यक्रममा नेपाली कांग्रेसका यूवा नेता महासमिति सदस्य फागोले एक दर्जन फुटबलको जर्सी र केही थान फुटबल समेत हस्तान्तरण गर्नु भएको थियो ।

आजै भएको भेलाले नरोत्तम लिम्बुको सभापतित्वमा ११ सदस्यीय साँगुरीगढी वडा नं ३ कुशेटार टोल समिति समेत गठन गरिएको छ । नेपाली कांग्रेस साँगुरीगढी-३ का कार्यवाहक सभापति कृष्ण प्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन वडा सचिव खगेन्द्र लिम्बुले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।