नेपाल शिक्षक संघ धनकुटाको जिल्ला प्रतिनिधी भेला सम्पन्न
धनकुटा,१४ चैत । शिक्षकको मर्यादित पेशा विद्यार्थीहरु लाई जीवन उपयोगी शिक्षा भन्ने नाराका साथ नेपाल शिक्षक संघ धनकुटाको जिल्ला प्रतिनिधी भेला आज सम्मपन्न भएको छ ।

नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र बहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल शिक्षक संघ प्रदेश १ का अध्यक्ष पूर्णप्रसाद गौतमले गर्नु भएको थियो ।
कार्यक्रमा नेपाल विद्यार्थी संघ धनकुटाका अध्यक्ष्ँ बालानन्द दाहाल, नेपाल राष्टिय शिक्षक संगठन धनकुटाका सचिव तारानाथ मिश्र, नेपाल शिक्षक संघ प्रदेश १ का उपाध्यक्ष गंगाराम ढुगाना,नेपाली कांग्रेसका नेता कमोट फागो, जितेन्द्र रुम्दाली राई, नेपाल शिक्षक संघ प्रदेश न १ का महासचिव सिताराम कोइराला , नेपाल शिक्षक संघ प्रदेश न १ की अर्थमहासचिव रामकुमारी भण्डारी, सम्मानित हुनेहरुको तर्फ बाट रमेश इवाहाग, पालिका अध्यक्ष रामबहादुर श्रेष्ठ, शिक्षक दामोदर मिश्र , नेपाल शिक्षक संघका धनकुटाका पूर्व अध्यक्ष इश्वरीप्रसाद अधिकारी,प्रमुख अतिथी नेपाल शिक्षक संघ प्रदेश १ का अध्यक्ष पूर्णप्रसाद गौतम शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साथै कार्यक्रमा सेवा निवृत शिक्षकहरु लाई सम्मान गरिएको थियो । कार्यक्रमा सांगठानीक प्रतिबेदन,आर्थिक प्रतिवेदन,महिला विभाग प्रतिवेदन संशोधन सहित सर्वसम्मतरुपमा पारित समेत गरिएको थियो ।


