नेल्टा प्रदेश १ को दोश्रो अधिवेसनबाट १३ सदस्यीय प्रदेश कार्य समिति गठन

धनकुटा,चैत १४ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) प्रदेश १ को दोश्रो अधिवेसनबाट १३ सदस्यीय प्रदेश कार्य समिति गठन गरिएको छ ।

आज धनकुटाको उत्तरपानीमा सम्पन्न नेल्टाको दोश्रो अधिवेशनबाट गठित प्रदेश समितिका अध्यक्षमा पुरुषोत्तम पाण्डे,उपाध्यक्षमा दिलीप गौतम,महिला उपाध्यक्ष कमला राउत काफ्ले,सचिवमा पूर्ण कुमार श्रेष्ठ, सहसचिवमा आकाश घिमिरे र कोषाध्यक्षमा बालकृष्ण दाहाल रहेका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा धन वहादुर मोक्तान,नगेन्द्र महतो,सविन भट्टाई लगायत रहेकाछन् । १ नं प्रदेशसभा सदस्य लिला सुव्वाको प्रमुख आतिथ्य तथा ९नेल्टा० का प्रदेश नं १ का संयोजक पुरषोत्तम पाण्डेको अध्यक्षता सञ्चालित नेल्टाको अधिवेशनको खुल्ला सत्रमा प्रदेश १ का विभिन्न जिल्लाका ११ जना पुशुपालक व्यवसायी किसान र ८ जना सेवा निवृत कर्मचारीहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको नेल्टाका केन्द्रिय उपाध्यक्ष गोरख वहादुर तामाङले वताउनुभयो ।

अधिवेशनको खुल्ला सत्रलाई प्रदेश सभा सदस्य सुव्वा सहित नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य,नेल्टाका केन्द्रिय अध्यक्ष जनक रावल लगायतले सम्वोधन गरेका थिए ।

अधिवेशनलाई सम्वोधन गर्ने वक्ताहरुले राज्यले पशुपालक तथा कृषी पेशालाई प्रमुख प्रथामिकतामा राख्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।