देउजा वंश प्रतिष्ठानको ११ औं अधिवेशन सम्पन्न

धनकुटा,चैत १४ । देउजा वंश प्रतिष्ठानको ११ औं अधिवेशन आज धनकुटाको पाख्रीवास ५ डडुवामा सम्पन्न भएको छ ।

पाख्रीवास नगरपालिकाका नगर प्रमुख वृष वहादुर राईको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष हरिशरण देउजाको अध्यक्षतामा सम्पन्न अधिवेशनले १५ सदस्यीय केन्द्रिय कमिटी गठन गरेको छ ।

कमिटीको अध्यक्षमा हरिशरण देउजा,उपाध्यक्षमा लोक वहादुर र गोपाल देउजा,सचिवमा नित्र देउजा र कोषाध्यक्षमा दीपक देउजा रहेका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा चन्द्र देउजा, रमेश देउजा, गणेश वहादुर देउजा लगायत रहेको देउजा वन्धु प्रतिष्ठान प्रदेश १ का उपाध्यक्ष श्याम देउजाले जानकारी दिनुभयो ।

अधिबेसनमा देशभरका ३१ जिल्लामा बसोबास गर्ने देउजाहरुको उपस्थिति रहेको थियो । धनकुटा,झापा,सुनसरी,भक्तपुर, लम्जुङ,तनहुँ लगायतमा रहेका देउजाहरुले कार्यक्रम भव्य  र एकआपसमा भातृत्व र सदाचारको भावना अझ प्रगाढ भएको बताएका छन् ।

भेलामा गोबिन्द बहादुर देउजाले सिलोक , श्याम बहादुर देउजाको समुहले भजन , गोमा र मिठी देउजाले वंशिय गाना गाएर वंशको इतिहास,परिचय,परम्परा र संकृतिलाई उजागर गर्नुभएको थियो ।

मन्तव्य राख्ने क्रममा मेयर राईले आफुले पनि देउजाको वंश खोजको कार्य देखेर उत्साहित रहेको र आफुले पनि यस कार्यक्रमबाट वंश, इतिहासको महत्वबारे धेरै बुझेको बताउनुभयो साथै देशभर छरिएर बसेका देउजालाई आफ्नो नगरपालिकामा स्वागत गर्न पाउँदा आफुलाई अत्यन्तै गौरव लागेको समेत वहाँले बताउनुभयो ।

कार्यक्रममा देउजाहरुले प्रयोग गर्ने देउजेकुलो स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती समेत मनाइएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।