नेकपा माओवादी केन्द्र पाख्रीवास नगर कमिटीको कार्यलय स्थापना
धनकुटा,चैत १४ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पाख्रीवास नगर कमिटीको कार्यलय स्थापना गरिएको छ ।

पाख्रीवास वीच वजारमा नगर कमिटीको कार्यलय स्थापना गरि आज उद्घाटन गरिएको नगर कमिटी अध्यक्ष मुक्ति वजगाईले वताउनु भयो ।
नगर कमिटी अध्यक्ष वजगाईं र ईञ्चार्ज कृष्ण कटुवालले संयुक्त रुपमा कार्यलयको उद्घाटन गरेका हुन् । कार्यलय उद्घाटन कार्यक्रममा नगरका पार्टी कार्यकर्ता तथा नेताहरुको उपस्थिती थियो ।


